News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधिसभाको दोस्रो बैठकले नियमावली पारित गरेको छ ।
- प्रतिनिधिसभाको तेस्रो बैठक आज राति ९:४० बजे बस्ने गरी बोलाइएको छ ।
- बैठकमा राष्ट्रिय सभाबाट फिर्ता आएका निर्वाचन र मतदाता नामावली सम्बन्धी दुई विधेयक टेबुल गर्ने कार्यसूची छ ।
१७ जेठ, काठमाडौं । राति ९ :४० मा बस्दै प्रतिनिधिसभाको तेस्रो बैठक बस्दैछ । दिउँसो १ बजे सुरु भएको बैठक रातिसम्मै चल्यो ।
विपक्षी दलहरूको विरोधकाबीच प्रतिनिधिसभा नियमावलीमाथिको पारित गर्ने प्रक्रिया अगाडि बढेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।
दोस्रो बैठकले विरोधकाबीच प्रतिनिधिसभा नियमावली पारित गर्यो ।
त्यसपछि सभामुखले कार्यसूचीमा भएका बाँकी विषय हटाए । तर तेस्रो बैठक राति ९ :४० मा बस्ने गरी बोलाए ।
तेस्रो बैठकको कार्यसूचीमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने विषय छ ।
साथै, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न विषय छ ।
यी दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएका विधेयक हुन् । राष्ट्रिय सभाले आजै पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको थियो । सोही सन्देश सुनाउन तेस्रो बैठक राखिएको हो ।
प्रतिक्रिया 4