+
+
Shares

अर्थमन्त्रीले संसदीय मर्यादाको अपमान गरे : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १२:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले संसद्मा प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्रीले अपमान गरेको भन्दै आपत्ति जनाएको छ ।
  • “प्रश्न गर्ने सांसदलाई तपाईंको नामको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो” भनी नेता अर्जुननरसिंह केसीले बताए ।
  • नेकपा एमाले र कम्युनिष्ट पार्टीले पनि अर्थमन्त्रीले संसद्मा धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै विरोध जनाएका छन् ।

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रश्न सोध्ने सांसद्लाई मन्त्रीबाट अपमान गर्ने कार्य भएको भन्दै यसलाई संसदीय मर्यादाकै अपमानको रूपमा व्याख्या गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको करका दर हेरफेर र करको दर हेरफेरको सूचना चुहावटको विषयमा प्रश्न गर्ने सांसदलाई विगत नियाल्न सुझाएका थिए ।

यस्तो शैलीमा प्रश्न उठाउँदै कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भने, ‘प्रश्न गर्ने सांसदलाई तपाईंको नामको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो ।’

संसद् धम्की दिने थलो नभएको र तर्क तथा विमर्श गर्ने थलो भएको उनले बताए । यसमा गम्भीर बन्नुपर्ने उनको आग्रह छ ।

अनय विपक्षी दलहरूले समेत यो विषयमा अर्थमन्त्रीको आलोचना गरेका छन् ।

नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीले पनि अर्थमन्त्रीले संसद्मा प्रश्न सोधेकै आधारमा अर्थमन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको भनेर विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?