Comments Add Comment

मोरङ ३ बाट एमाले नेता भानुभक्त ढकाल सांसद निर्वाचित

२३ मंसिर, मोरङ । मोरङमा वामपन्थीको किल्ला मानिने निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले जित हासिल गरेका छन् । योसँगै मोरङमा वााम गठबन्धनले जितको सुरुवात गरेको छ ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता ढकालले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डाक्टर सुनील शर्मालाई १९०६ मतले पछि पार्दै सांसद निर्वाचित भए ।

घोषित परिणामअनुसार ढकालले ४२ हजार ४१३ र शर्माले ४० हजार ५०७ मत प्राप्त गरेका छन् ।

स्थानीय तहका आधारमा काङ्ग्रेसको भन्दा वाम गठबन्धनको मत २१ हजार मतले अगाडि थियो । यस आधारमा नेपाली कांग्रेसका डाक्टर शर्माले ढकाललाई कडा टक्कर दिएको देखिन्छ । शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेजका संञ्चालक हुन् ।

तेह्रथुमको ओख्रेमा २०१८ मा जन्मिएका ढकाल मोरङका स्थायी बासिन्दा र मतदाता भने होइनन् । उनको मतदाता नामावली काठमाडौंमा छ ।

अनेरास्ववियुको महासचिवसम्म भएका ढकाल विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियाशील भएका हुन् । २०४५ सालमा तत्कालीन माले पार्टीको सदस्यता प्राप्त गरेका उनी दोस्रो संविधानसभा निर्वाचन २०७० मा समानुपातिक तर्फबाट सभासद थिए । उनी दोस्रो संविधान सभापछिको संसदमा एमालेका प्रमुख सचेतक पनि भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment