Comments Add Comment

कालीकोट प्रदेश(ख)मा मुख्यमन्त्रीका दाबेदार महेन्द्र शाही विजयी

२३ मंसिर, कालीकोट । प्रदेश ६ का मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाही कालीकोट(ख)बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

बिनाविभागीय मन्त्रीसमेत रहेका शाही १२ हजार १५३ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका कालिबहादुर शहकारीले ९ हजार ३४२ मत ल्याएर पराजित भएका छन् ।

शाहीले शहकारीलाई २८ सय ११ मतको अन्तरले पछाडि पारेका हुन् । प्रदेश (ख) मा २३ हजार ७७८ मत खसेको थियो ।

यस्तै कालीकोट प्रदेश(क)मा वाम गठबन्धनकै उम्मेदवार एमालेका कुर्मराज शाही ७ हजार १४६ मतान्तरले विजयी भएका छन् ।

उनले ११ हजार ९३५ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका टेकराज शाहीले ४ हजार ७८९ ल्याएका थिए ।
यहाँ १९ हजार ०६३ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment