Comments Add Comment

काभ्रे क्षेत्रनम्बर २ को मतगणना रोकियो, मुचुल्काभन्दा १०० बढी मतपत्र भेटियो

२३ मंसिर, बनेपा । काभ्रेको प्रतिनिधिसभा क्षेत्रनम्बर २ को मतगणना स्थगित भएको छ । बनेपा १० को पुलबजारको बुथको मतगणनामा मुचल्का भन्दा एक सय बढी मत भेटिएपछि विवाद भएको थियो ।

दलहरुबीच विवाद भएपछि मतगणना रोकिएको हो ।

पुलबजारको बुथमा १७ सय ९७ मत खसेको मुचुल्का बनेको थियो तर, गणना गर्दा १८ सय ९७ मतपत्र फेला परेका छन् ।

काभ्रेको प्रतिनिधिसभा क्षेत्रनम्बर २ मा एमालेबाट गोकुल बास्कोटा र कांग्रेसबाट मधु आचार्य उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment