Comments Add Comment

गोरखा २ बाट डा. बाबुराम भट्टराई विजयी

२३ मंसिर, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गरे ।

भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो ।

गोरखा क्षेत्रनम्बर २ को प्रदेश ‘क’मा नयाँ शक्तिका हरिशरण आचार्य र प्रदेशतर्फ २ ‘ख’मा नेपाली काग्रेसका प्रकाशचन्द्र दवाडी बिजयी भएका छन् ।

यो पनि पढ्नुहोस् 

नारायणकाजीले बाबुरामलाई दिए बधाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment