Comments Add Comment

स्याङ्जाको विवाद मिल्यो, आइतबारबाट मतगणना सुरु हुने

२३ मंसिर, स्याङ्जा । स्याङ्जामा रोकिएको मतगणना आइतबार बिहानबाट सुरु हुने भएको छ । वाम र लोकतान्त्रिक गठबन्धनबीचको विवाद शनिबार साँझ समाधान भएपछि आइतबारबाटै मतगणना गर्ने सहमति भएको हो ।

मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘दलहरुबीच मेलमिलाप भयो, निर्वाचन आयोगले पनि गणना सुरु गर्न निर्देशन दियो । अब भोलि बिहान ११ बजेबाट दुबै निर्वाचन क्षेत्रको गणना सुरु हुन्छ ।’

गणना सुरु गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया भने बिहान ८ बजेदेखि नै सुरु हुने अधिकारीले जानकारी दिए ।

कांग्रेसले ४ वटा बुथ कब्जा गरेको भन्दै वाम गठबन्धनले ति बुथहरुमा पुनः मतदानको माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको थियो । त्यसलगत्तै कांग्रेसले पनि एमालेबाट पनि ५ वटा बुथ कब्जा गरिएको भन्दै निवेदन दिएपछि विवाद चर्किएको थियो ।

विवादले उग्ररुप लिने संकेत देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । दलहरुबीच सहमति भएसँगै निषेधाज्ञा पनि हटाउने तयारी भइरहेको छ ।

स्याङ्जा उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठको गृहजिल्ला हो । प्रतिनिधिसभाका लागि क्षेत्रनम्बर २ मा श्रेष्ठ आफै कांग्रेसबाट उम्मेदवार छन् । उनीसँग एमालेकी पद्मा अर्याल पनि प्रतिस्पर्धामा छिन् ।

यसैगरी क्षेत्रनम्बर १ मा कांग्रेसका राजु थापा र एमालेका नारायणप्रसाद मरासिनी उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment