Comments Add Comment

गोरखाका चार प्रदेशमा चार पार्टी

२३ मंसिर, गोरखा । दुइ निर्वाचन क्षेत्र रहेको गोरखाको चार प्रदेशमा भिन्न भिन्न चार पार्टीका उमेदवार बिजयी भएका छन् । गोरखा १ को क प्रदेशमा माओवादी केन्ऽ, ख प्रदेशमा एमाले, गोरखा २ को क प्रदेशमा नयाँ शक्ति र ख प्रदेशमा काग्रेसका उमेदवार बिजयी भएका हुन् ।

गोरखा-१ प्रदेश क (लेख बहादुर थापा-माओवादी केन्द्र)

गोरखा क्षेत्र नम्वर १ को क प्रदेशमा माओवादी केन्द्रका लेख बहादुर थापा बिजयी भएका छन् । उनले कांग्रेसका धिरन थापालाई २५३९ मत अन्तरले हराए । कुल गणना भएका ३२ हजार ४८४ मत मध्ये उनले १६ हजार ५५८ मत ल्याएका छन् ।

२०३२ सालमा गोरखा नगरपालिका-२ कोखेमा जन्मेका थापाको राजनीति २०५२ सालबाट शुरु भएको थियो । बिद्यार्थी राजनितिबाट प्रवेश गरेका उनी २०५२ सालमा बिद्यार्थी आन्दोलन शुरु भएसँगै भूमीगत भए ।

नेपाल मगर संघको तर्फबाट जातीय आन्दोलन गर्दै अगाडी बढेका थापाले अनेरास्ववियू क्रान्तिकारीको सदस्य लिएर २०५३ सालबाट पार्टीको पूर्णकालीन कार्यकर्ता भए । २०५४ सालमा उनी गिरˆतार भए र २०५७ सालको वार्ताको समयमा छुटे ।

उनी जनमुक्ति सेनाको बटालियन कमिसार पनि थिए । त्यस यता २०६० सालमा पार्टीको जिल्ला इन्चार्ज भए र अहिले उनी पार्टीको केन्द्रीय पोलिटव्यूरो सदस्य छन् ।

गोरखा-१ प्रदेश ख (रामशरण बस्नेत- एमाले)

गोरखा १ को ख प्रदेशमा एमालेका रामशरण बस्नेत बिजयी भएका हुन् । उनले कांग्रेसका राजेन्द्र बजगाईंलाई ३ हजार ६५५ मतान्तरले पराजित गरे । गणना भएको कुल ३१ हजार १५१ मत मध्ये बस्नेतले १६ हजार ६५६ मत ल्याएका छन् ।

२०१८ सालमा गोरखा नगरपालिका-३ घलाङमा जन्मेका बस्नेतले आठ कक्षामा पढ्दै गर्दा नेपाल राष्ट्रिय बिद्यार्थी फेडेरेशन माक्सवादी बर्मा समुहको जिल्ला सदस्य भएर राजनितिको यात्रा शुरु गरेका हुन् ।

२०३९ सालमा नेपाल राष्ट्रिय स्वतन्त्र होटल मजुदर युनियनको अध्यक्ष भएका बस्नेत भूमिगत समेत भए । २०४२/४३ मा पिपल्स कलेजमा अनेरास्ववियूको सहसचिवमा निर्वाचित भएका उनी अनेरास्ववियूको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य पनि बने । २०४६ सालको आन्दोलनमा सक्रिय भूमिका खेलेका बस्नेत घाइतेसमेत भएका थिए । त्यस यता गोरखाको साविकको नारेश्वर गाविसको अध्यक्ष हुँदै २०५२ सालमा नेकपा एमालेको जिल्ला कमिटि सचिवालय सदस्य भए र निर्वाचन क्षेत्र नम्वर १ को संयोजक पनि बने । त्यसयता जिल्ला कमिटिको उपसचिव, सल्लाहरकार समितिको अध्यक्ष हुदै दुइ पटक जिल्ला कमिटि अध्यक्ष भए । अहिले उनी पार्टीको केन्द्रीय कमिटि सदस्य छन् ।

गोरखा- २ प्रदेश क  (हरिशरण आचार्य-नयाँ शक्ति)

गोरखा क्षेत्र नम्वर २ को क प्रदेशमा नयाँ शक्तिका हरिशरण आचार्य बिजयी भएका छन् । माओवादी केन्ऽकी कमला नहर्कीलाई ३ हजार २७८ मत अन्तरले पछि पार्दै आचार्य बिजयी भएका हुन् । कुल २९ हजार १२३ मत गणना गर्दा आचार्यले १५ हजार ३४३ मत ल्याएका छन् ।

११ वर्षको उमेरमै ०४६ सालदेखि कम्युनिष्ट राजनीति सुरु गरेका आचार्य ०५४ सालमा माओवादीको पूर्णकालीन सदस्य भएका थिए । ०५४ सालमा पक्राउ परेर सात दिन प्रहरी हिरासतमा रहेका उनी पुन ०५५ सालमा गिरप्तार परेर चार महिना जेलमा बसे । ०६१ सालमा कास्की जिल्लामा नेपाली सेनाले गिरप्तार गरेर आचार्यलाइ १२ दिनसम्म वेपत्ता बनाएको थियो ।

अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य हुँदै गण्डक क्षेत्रीय संयोजक भएका उनी काठमाडौंलाई कार्यक्षेत्र बनाएर दश बर्ष तमुवान-काठमाडौं सम्पर्क मन्चको अध्यक्ष भएर काम गरे ।

बाबुरामले नयाँ शक्ति पार्टी बनाएपछि उनी गोरखा क्षेत्र नम्बर २ को इञ्चार्जका रुपमा कार्यरत छन् । ०७२ सालमा डाक्टर बाबुराम भट्टराईसँगै एमाओवादी छाडेर नयाँ शक्तिमा लागेका हरिशरण आचार्य बिद्यार्थी नेता हुन् ।

गोरखा-२ प्रदेश ख  (प्रकाशचन्द्र दवाडी-कांग्रेस)

गोरखा २ ख प्रदेशमा काग्रेसका प्रकाशचन्द्र दवाडी बिजयी भएका छन् । माओवादी केन्ऽका अमर तमुलाइ २ हजार ४४२ मत अन्तरले पछि पार्दै दवाडी बिजयी भएका हुन् । गणना भएको कुल ३० हजार ९६० मत मध्ये दवाडीले १५ हजार ८५३ मत ल्याएका छन् ।

२०३२ सालमा गोरखाको अजिरकोट गाउँपालिका-४ सिम्जुङ्गमा जन्मेका दवाडीले सात कक्षा पढ्दै गर्दा नेपाल बिद्यार्थी संघको सदस्य लिएर राजनितिक यात्रा शुरु गरेका थिए । राजनीतिक यात्रालाइ अगाडी बढाउदै गर्दा उनी कांग्रेसको साधारण सदस्य बने । सामाजिक कार्यमा संलग्न हुदै आएका उनी हाल नेपाली कांग्रेसका महासमिति सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment