+
+
Shares

गुल्मीमा प्रदीप ज्ञवालीको कमव्याक, क्षेत्र नं. १ बाट निर्वाचित

अनिल खत्री अनिल खत्री
२०७४ मंसिर २४ गते ६:५२

२४ मंसिर, गुल्मी । गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत राप्रसाद न्यौपानेले जानकारी दिए ।

ज्ञवालीसँग नेपाली कांग्रेसका चन्द्र भण्डारी ३० हजार २ सय ५६ मत ल्याएर पराजित भए ।

ज्ञवाली दोस्रो संविधानसभामा  भण्डारीसँगै पराजित भएका थिए ।

त्यस्तै सोही क्षेत्रको प्रदेश सभा ‘क’ मा माओवादीका सुदर्शन बराल निर्वाचित भएका छन् । बरालले १७ हजार ९ सय १० मत ल्याएर बिजयी भएका हुन् । बरालसँग कांग्रेसका पृथ फौजदारले १३ हजार २ सय ९९ मत ल्याएर पराजित भए ।

त्यस्तै प्रदेशसभा ‘ख’मा एमालेका कमलराज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १९ हजार ५ सय ९१ मत ल्याएर विजयी भए । श्रेष्ठसँग कांग्रेसका धनेन्द्र कार्की १६ हजार ३ सय ७३ मत ल्याए ।

गुल्मीमा ०५१ साल पछि पुनः वामपन्थीमय बनेको छ । क्षेत्रनम्बर २ बाट शनिबारै गोकर्ण विष्ट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?