Comments Add Comment

कैलाश ढुंगेललाई पाँचौ प्रयासमा सफलता, रामेछापमा प्रदेशसभा सदस्य निर्वाचित


२४ मंसिर, रामेछाप । नेकपा एमालेका नेता कैलाश ढुंगेल रामेछापको प्रदेश तर्फको क्षेत्र नं २ बाटा फराकिलो मतान्तरमा बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर मगरलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन् ।

ढुंगेल २६ हजार ९ सय ३५ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी मगरले १४ हजार ७ सय २९ मत प्राप्त गरेका छन् । दुई बिचको मतान्तर १२ हजार २ सय ६ रहेको छ ।

दुग्ध विकास बोर्डको कार्यकारी अध्यक्षबाट राजिनामा दिएर चुनाव लड्न गएका ढुंगेल रामेछापका पूर्व जिविस सभापति पनि हुन् । संसदीय चुनावमा भने उनको यो पहिलो बिजय हो । ०४८, ०५१, ०६४ र ०७० मा चारपटक चुनाव लडेर चारैपटक पराजित भएका ढुंगेलको यो पहिलो विजय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment