+
+
Shares

डिभोर्सपछि रीमाले लेखिन्-‘जिन्दगी सधै सोचेजस्तो हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते १३:३१


नायिका रीमा विश्वकर्माले २ बर्ष अगाडि मात्र जोडिएको वैवाहिक सम्बन्धलाई विश्राम लगाउने निर्णय गरेको खबर शनिबार अनलाइनखबरमा सवैभन्दा पहिला प्रकाशित भएको थियो । रीमाका पूर्व पति रोबर्ट बीकले झापाकी बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको तस्बिर अनलाइनखबरलाई प्राप्त भएपछि, हामीले यी दुइको डिभोर्स भएको खबर प्रकाशित गरेका थियौ । रीमालाई यो बिषयमा बारम्बार वुझ्न खोज्दा पनि उनको फोन उठेको थिएन ।

डिभोर्सको खबर सार्वजनिक भएको १ दिनपछि नायिका रीमा विश्वकर्माले फेसबुकको माध्यमबाट आफ्नो भनाई राखेकी छिन् । रीमाले लेखेकी छिन्-‘म सम्बन्धित आएका समाचारहरु मैले हेरिरहेकी छु । म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन । यो असहज परिस्थितीमा म यहाँहरुको समक्ष केहि पनि कुराहरु राख्न वा केहि पनि प्रश्नको उत्तर दिन असमर्थ छु ।’

रीमाले यो अवस्थामा आफ्नो भावानात्मक र मानसिक अवस्था वुझ्नका लागि सबैसँग आग्रह पनि गरेकी छिन् । उनले अगाडि लेखेकी छिन्-‘जिन्दगी सधै सोचे जस्तो त पक्कै हुदैन र समय सधै एकनाश पनि हुँदैन । यो गाह्रो क्षण पनि पक्कै वितेर जानेछ । मेरो कोहीप्रति पनि केहि गुनासो छैन ।’ उनले यो असहज घडीमा आफूसँग रहने सबैलाई कृतज्ञता व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?