Comments Add Comment

महंगियाे हवाई यात्रा, २ सय २० रुपैयाँसम्म बढी तिर्नुपर्ने

२४ मंसिर, काठमाडौ ।  हवाई इन्धन बढेको केहि दिन बित्न नपाउँदै मंगलवारदेखि लागु हुनेगरी वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ । हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेको ३ दिन बित्न नपाउँदै त्यसको प्रत्यक्ष असर आन्तरिक उडानको हवाई भाडामा परेको छ ।

काठमाडौं देखि धनगढीसम्मको भाडामा २ सय २० रुपैयाँ बढेको संघले जनाएको छ । यसअघि काठमाडौं देखि धनगढीसम्मको भाडा १२ हजार १ सय रुपैयाँ थियो । तर अब नयाँ भाडादर अनुसार काठमाडौं देखि धनगढीसम्म जानको लागी १२ हजार ३ सय २० रुपैयाँ पर्नेछ ।

नयाँ भाडादर मंसिर २६ गते देखि कार्यान्वयनमा ल्याउन लागेको संघका सदस्य तथा सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले जानकारी दिएका छन् ।  वृद्धि भएको भाडादर हेर्दा धनगढी जानेले सबैभन्दा धेरै तिर्नुपर्ने भएकाे छ ।

आयल निगमले गत शुक्रबार हवाई इन्धन प्रतिलिटर ८२ रुपैयाँ बाट बढाएर ८७ कायम गरेको थियो ।  काठमाडौं देखि सिमरासम्मको हवाई भाडामा ४५ रुपैयाँ बढेको छ । यसअघि ३ हजार ५ रुपैयाँ रहेको सिमरासम्मको भाडा बढेर ३ हजार ५० कायम भएको छ ।

संघका अनुसार काठमाडौं –पोखराको भाडा ४ हजार ७ सय ३० कायम भएको छ । त्यस्तै भैरहवासम्मको ६ हजार ५५, भरतपुरसम्म ३ हजार ५ सय ५, बिराटनगरसम्मको ७ हजार २ सय २० र नेपालगंजसम्मको ९ हजार ५ सय ६५ कायम भएको छ ।

साथै काठमाडौं देखि भद्रपुरसम्मको ८ हजार ७ सय ५० , जनकपुरसम्मको ४ हजार १० , तुम्लीङटार ५ हजार ७ सय २० र माउन्टेन फ्लाइटको ११ हजार २० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment