२४ मंसिर, काठमाडौं । मकवानपुर क्षेत्र नंं १ बाट प्रतिनिधिसभा सदस्यमा उठेका राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पराजयको दोष कसैलाई पनि दिन नचाहेको बताएका छन् ।
आइतबार साँझ ट्वीट गर्दै उनले पराजयको विभिन्न कारण भएको भन्दै अहिले त्यसबारे बहस गर्ने वेला नभएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘यसपटकको पराजयको बाबजुद ४७ वर्षको मेरो राजनीतिक जीवन यात्राको क्रममा मकवानपुरका जनताबाट प्राप्त माया, ममता र सद्भावप्रति म सदैव आभारी छु, ऋणी छु ।’
पराजयको बिभिन्न कारणहरु छन्,त्यसवारे बहस गर्ने यो बेला होइन।म कसैलाई दोष दिन चाहन्न।यसपटकको पराजयको बावजुद ४७ बर्ष को मेरो राजनीतिक जीवन यात्राको क्रममा मकवानपुरका जनताबाट प्राप्त माया,ममता र सदभाव प्रति म सदैव आभारी छु, ऋणी छु
— Kamal Thapa (@KTnepal) December 10, 2017
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4