+
+
Shares

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १५:३२
Photo Credit : थापाको सचिवालय ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा ।

१८ वैशाख, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन् ।

अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको उनको भनाइ छ ।

१६३औं श्रमिक दिवसको अवसरमा राप्रपा नेपालआबद्ध मजदुर संगठन (टुकोन)ले बिहीबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उदास, हतास र निरासालाई चिर्न व्यवस्था परिवर्तन जरुरी भएको बताएका हुन् ।

सम्पूर्ण राजावादी, हिन्दूवादी एक हुनुपर्ने अहिलेको माग भएको भन्दै उनले बर्खायाम शुरु हुनुअगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातावरण निर्माण गर्नुपर्ने बताए ।

थापाले समान विचार भएकाहरू सबैले साझा मोर्चा बनाएर अघि बढ्न ढिला गर्नु नहुने धारणा राखे । उनले राप्रपा नेपाल सदैव श्रमिकको हक हितको पक्षमा पनि दावी गरे । कार्यक्रममा तारानाथ लुइँटेल, तेज कुरुङ्गवाङ्ग, यबती कार्की, हिक्मतजङ्ग भण्डारी, अजेलिया रञ्जितकारलगायतले धारणा राखेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?