+
+

पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते ७:१४

२५ मंसिर, कन्चनपुर । कञ्चनपुर क्षेत्रनम्बर १ मा माओवादी उम्मेदवार विना मगर दोब्बर मतान्तरले निर्वाचित भएकी छन् । विनाले नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले हराएकी हुन् ।

विनाले ३८ हजार ४६७ र विष्टले १९ हजार २१९ मत पाएका छन् ।

विना मगर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बुहारी हुन् । विना आफ्नो क्षेत्रमा चुनाव प्रचारप्रसारमा व्यस्त रहेका बेला श्रीमान प्रकाश दाहालको हृदयाघातबाट काठमाडौंमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?