+
+

‘मिस्टर झोले’ ट्रेलरमा दया र दीयाको झगडा, वुद्दि र बर्षाको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते १५:५०

रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्टर झोले’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । पौष २८ गतेबाट रिलिज हुने यो चलचित्रको शिर्ष भूमिकामा नायक दयाहाङ राई देखिएका छन् । उनको साथमा चलचित्रमा, बर्षा राउत, दीया पुन, अरुणा कार्की, वुद्दि तामाङ, बिजय बराल, पुष्कर गुरुङ, प्रविण खतिवडा, कमलमणि नेपाल, सरोज अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् ।

दीपेन्द्र के खनालले यस अगाडि चलचित्र ‘झोले’ निर्देशन गरेका थिए । तर, ‘मिस्टर झोले’ ‘झोले’सँग कतैपनि केहि कुरामा मिल्दैन । ‘मिस्टर झोले’को ट्रेलरले, दर्शकलाई रामबाबु गुरुङकै निर्देशनमा बनेको चलचित्र ‘कबड्डी र कबड्डी कबड्डी’को याद दिलाउँछ ।

ट्रेलरको शैली ‘कबड्डी कबड्डी’को जस्तो लाग्छ । टेकेन खड्काको लगानीमा तयार भएको चलचित्रमा ओम चन्द रौनियार, अर्जुन कार्की र मनिराम पोख्रेलको सह-लगानी छ । रौनक विक्रम कँडेल चलचित्रका कार्यकारी निर्माता हुन् ।

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीको चलचित्रमा संगीत छ । ट्रेलरमा प्रयोग गरिएका संवादहरु रोचक र रमाइला छन् । गाँउले सेटिङमा यो चलचित्र खिचिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?