Comments Add Comment

जीवनबहादुर, जसले प्रदेश ६ मा कांग्रेसको शाख जोगाए

मुख्यमन्त्री बन्न हिडेको, जनताले दिए विपक्षी दलको नेता बन्ने अवसर

२५ मंसिर, काठमाडौं । स्थानीय चुनावमा पनि कांग्रेस, एमाले र माओवादी केन्द्र झण्डै समान हैसियतमा देखिएपनि धेरैको अनुमान थियो, प्रदेश ६ को चुनाव रोचक हुनेछ ।

प्रदेश सरकारमा तीनै दलको सम्भावना थियो । त्यही आशमा संविधानसभा सदस्य र मन्त्री भइसकेका जीवनबहादुर शाही मुख्यमन्त्रीको उम्मेदवार बनेर प्रदेशतिर झरे ।

तर, चुनावको पूर्वसंध्यामा भएको वाम गठबन्धनसँगै प्रदेश ६ मा कांग्रेस सरकार बनाउन त परै जाओस्, प्रत्यक्षतर्फ उपस्थितिकै लागि निकै संघर्ष गर्नु परेको छ ।

प्रदेश ६ मा प्रतिनिधिसभातर्फ १२ र प्रदेशतर्फ २४ सिट छ । कांग्रेसले प्रतिनिधिसभा एक सिट पनि जित्न सकेन भने प्रदेशमा एक मात्र सिट जित्न सफल भएको छ । अर्थात तिनै जीवनबहादुर शाहीले कांग्रेसको ‘नाक’ राखेका छन् ।

शाही हुम्ला (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । शाहीले आफूले जितेर कांग्रेसलाई निल हुनबाट बचाए तर, आफ्नै जिल्लामा प्रतिनिधिसभा भने जिताउन सकेनन् । प्रतिनिधिसभा यो क्षेत्रमा कांग्रेस निल भयो । कहिल्यै चुनाव नहारेका पूर्णबहादुर खड्का समेत सुर्खेत १ मा पराजित भए ।

मुख्यमन्त्री बन्ने यात्रामा बिराम

जीवनबहादुर शाही तिनै व्यक्ति हुन्, जसले पाइलट पेशा छोडेर राजनीतिमा आए ।

साविकको खार्पुनाथ गाविस-४ स्थायी घर भएका उनी ०७० सालको संविधानसभा चुनावमा संविधानसभा सदस्यमा निर्वाचित भए । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत बने । उनी कांग्रेस केन्द्रीय सदस्य पनि हुन् ।

उनी यो पटक प्रदेश ६ मा कांग्रेसबाट मुख्यमन्त्रीको सर्वसम्मत दावेदार थिए । तर, सिंगो प्रदेशमा एक सिट जितेको कांग्रेस सरकार गठन गर्ने अस्वथामा छैन । समानुतिकमा पाउने सिटले उसलाई प्रतिपक्षको भूमिका दिनेछ ।

मुख्यमन्त्री बन्न प्रदेशसभामा झरेका जीवनबहादुर शाहीसामू विपक्षी दलको नेता बन्ने अवसर आएको छ ।

प्रदेश ६ को प्रदेशसभामा प्रत्यक्षका २४ समानुपातिकबाट १६ जना प्रदेश सदस्य बन्ने छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कांग्रेस निल

प्रदेश ६ मा प्रतिनिधिसभाका १२ सिट मध्ये ६ सिटमा एमालेका उम्मेदवारहरु विजयी भए भने ५ वटामा माओवादी केन्द्रले वाजी मारेको छ । हुम्लामा भने माओवादी केन्द्रका वागी उम्मेदवार छक्कबहादुर लामा विजयी भए ।

पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र पूर्वमन्त्री हृदयराम थानी सुर्खेत क्षेत्र नं. १ र २ बाट पराजित भए । यो पराजयसँगै पूर्णबहादुर खड्काको अपराजित यात्रामा समेत विराम लाग्यो ।

यर्सगरी मुगुमा पूर्व शिक्षाराज्यमन्त्री हस्तबहादुर मल्ल, जुम्लामा देवेन्द्रबहादुर शाही, डोल्पामा अंगत बुढा र कालीकोटमा भुपेन्द्रजंग शाही पराजित भएका छन् । जाजरकोटमा राजीवविक्रम शाह, पश्चिम रुकुममा गोपालजीजंग शाह, सल्यानमा राजेन्द्रबहादुर शाह, दैलेख-२ मा शिवराज जोशी पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment