Comments Add Comment

‘राज्जा रानी’ केकी र नाजिरका लागि अवसर र चुनौती


यसपटक बक्स अफिसमा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनलाई अवसर र चुनौती दुबै छ । अभिनय राम्रो गरेपनि नाजिर एक्लैले चलचित्र बोक्न सकेका छैनन् । चलचित्र ‘गाँठो’ असफल भएपछि उनको स्टारडमको बारेमा बहस भएकै हो । अर्कोतिर, नायिका केकी अधिकारीले पनि आजसम्म एक्लैले चलचित्र बोक्न सकेकी छैनन् । केकी चलचित्र क्षेत्रमा ‘लक्की’ सावित हुन सकेकी छैनन् ।

यसैले, पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘राज्जा रानी’ केकी र नाजिर दुबैका लागि विशेष छ । यो चलचित्र चलेको खण्डमा केकी र नाजिर दुबैलाई क्रेडिट जानेछ । साथमा, उनीहरु बक्स अफिसमा सफल पनि दहरिनेछन् ।

यम थापाले निर्देशन गरेको यो चलचित्रलाई एम के पौडेलले निर्माण गरेका हुन् । एम के पौडेल भन्छन्-‘चलचित्रलाई हामीले उत्कृष्ट बनाएका छौ । चलचित्र हेरेर दर्शक हाँस्नुहुनेछ, रुनु पनि हुनेछ । केकी र नाजिरको करिअरमै यो चलचित्र कोशेढुंगा हुनसक्छ ।’

नेपालगञ्जको भाषालाई टपक्क टिपेर निर्देशक थापाले चलचित्र बुनेका छन् । चलचित्रको ‘चिपक चिपक’ बोलको गीत चर्चामा छ । निर्वाचनका कारण केहि समयदेखि नेपाली चलचित्रको खडेरी छ । यसैले, पौष २१ गते ‘राज्जा रानी’ले बक्स अफिसमा त्यो खडेरी पुर्ने विश्वास यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment