Comments Add Comment

मान्यता पाउन नसकेको दुनियाँको सबैभन्दा सानो देश, जसको झण्डा सगरमाथामा पुगेको छ

आधिकारिक रुपमा विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । तर यो धर्तीमा भ्याटिकनभन्दा निकै सानो एउटा देश पनि छ । यसको क्षेत्रफल ०.००४ वर्ग किलोमिटर छ । यद्यपि, यसले दुनियाँको सबैभन्दा सानो देशको रुपमा मान्यता पाएको छैन, तथापि इन्टरनेटमा तपाइँले यो देशका बारेमा विभिन्न जानकारीहरु प्राप्त गर्न सक्नुहुन्छ ।

यो देशको नाम हो, सि ल्याण्ड । बेलायतको नजिक समुद्रमा रहेको यो देशलाई बेलायतले दोश्रो विश्वयुद्धका बेला बनाएको थियो । वास्तवमा यो कुनै प्राकृतिक टापु पनि होइन र समुद्रमा सेनाको आधार सिविर राख्नका लागि खडा गरिएको टावर हो ।

इंगल्याण्डको सफोल्क समुद्री तटबाट यो करीब १० किलोमिटर टाढा समुद्रमा रहेको छ । यद्यपि, यो देश अहिले खण्डहरु बनिसकेको छ र अहिले त्यहाँ स्थायी रुपमा कोही पनि बस्दैन । तर यो सुक्ष्म राष्ट्र अर्थात् माइक्रो नेशनको कथा चाहिँ निक्कै गज्जबको रहेको छ ।

सिल्याण्डलाई विभिन्न समयमा विभिन्न व्यक्तिले कब्जा गरे । रोय बेट्स नामका व्यक्तिले सन् १९६७ मा आफुलाई सिल्याण्डको राजा घोषित गरेका थिए । अहिले ती व्यक्तिको मृत्यु भैसकेको छ । उनका छोरा माइकल रोय बेट्स अहिले उक्त राज्यका राजा हुन् । तर उनी त्यस देशमा होइन कि बेलायतमै बस्छन् ।

यो देशलाई अन्तराष्ट्रिय मान्यता प्राप्त नभएता पनि यहाँको आफ्नो मुद्रा तथा टिकट रहेको छ । यो देशका संस्थापक रोय बेट्सले सन् १९७५ मा उक्त देशको संविधान जारी गर्दै राष्ट्रिय झण्डा, राष्ट्रिय गान, मुद्रा तथा पासपोर्ट पनि जारी गरेका थिए ।

सन् १९९७ सम्ममा उक्त देशका राजाले झण्डै डेढ लाख पासपोर्ट जारी गरिसकेका रहेछन् । पासपोर्टको संख्या धेरै भएपछि उनले पछिल्लो २२ वर्षमा जारी गरिसकेका सबै पासपोर्ट फिर्ता लिएर रद्द गरे ।

सन् २००६ मा यो देशमा आगो लागेर केही क्षति पुग्यो र पछि त्यसलाई मर्मत गरियो ।

अझ रोचक त के भने यो देशको झण्डा सगरमाथाको चुचुरोमा समेत पुगिसकेको छ । सन् २०१३ मा केन्टोन कूल नामक व्यक्तिले सि ल्याण्डको झण्डलाई सगरमाथाको चुचुरोमा पूराएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment