+
+

दिक्क लागिरहेको छ ? फेसबुकमा स्टाटस अपडेट गरिहाल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २८ गते १०:०९

फेसबुक वा ट्वीटरजस्ता सामाजिक सञ्जालहरुमा स्टाटस अपडेट गर्नाले मानिसमा रहेका नकारात्मक संवेगहरु न्यूनीकरण हुने र मनमा सन्तोष तथा सञ्चो अनुभुति हुने एक अध्ययनले देखाएको छ ।

एक-एकजना व्यक्तिसँग अन्तक्रिया गर्न मन नपराउने वा हिच्किचाउने मानिसका लागि अनलाइन सोसल नेटवर्कले संवेगहरु नियमन गर्न वा नयाँ खालको सम्पर्कको विकाश गर्ने मौका उपलब्ध गराउने बताइएको छ ।

जब मानिसहरुले खराब अनुभुति गरिरहेका हुन्छन् त्यसबेला आफूभित्रका नकारात्मक संवेगहरुलाई न्यून गर्नका लागि अन्य व्यक्तिसँगको सम्पर्कले सहयोग पूराउँदछ र यसले मानिसको जिउमा सुस्वास्थ्यको अनुभुति पनि दिलाउँदछ ।

अमेरिकाको साउथ क्यालिफोर्निया विश्व विद्यालयका शोधकर्ता इभा बुचेलका अनुसार, कुनै पनि मानिससँग आमने सामने भएर वा फोनमा कुराकानी गरिरहँदा कहिलेकाहिँ अन्य व्यक्तिले डिस्टर्ब भएको अनुभूति गर्न सक्दछ । त्यस्तोमा सोसल मिडियामा गरिने संवाद झर्को नलाग्ने खालको हुन्छ । साथै त्यस्तो बेला फेसबुक तथा ट्वीटरमा गरिने पोष्टका माध्यमबाट मानिस एकैपटकमा धेरै साथीहरुसँग आफ्नो भावना शेयर गर्न समर्थ हुन्छ । यसरी सोसल मिडियामा शेयर गरेको कुरामा साथीहरुबाट प्राप्त हुने रेस्पोन्सहरु स्वतस्फूर्त हुन्छन् र मानिसले सही सल्लाह प्राप्त गर्न सक्दछ ।

शोधकर्ताका अनुसार, छिटै सामाजिकीकरण हुन नसक्ने, मनमा पीर चिन्ता भएको तथा मानिसहरुसँग प्रत्यक्ष रुपमा भेटेर कुराकानी गर्न असजिलो मान्ने मानिसका लागि मानसिक संवेगको सन्तुलन तथा भावना प्रकट गर्नका लागि सोसल मिडिया निकै प्रभावकारी हुने गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?