Comments Add Comment

ओम बैंकद्वारा जर्मनी बैंकसँग ऋण सम्झौता


२८ मंसिर, पोखरा । ओम डेभलपमेन्ट बैंक लिमिटेड र जर्मनीले केएफडब्लु डेभलपमेन्ट बैंकबीच ऋण लगानी सम्झौता गरेको छ ।
सस्ट्रेनेबल इकोनोमिक डेभलपमेन्ट इन् रुरल एरिया, नेपाल नामक कर्जा लगानी शुरु गरिएको बंैकले जनाएको छ ।

सम्झौता अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाख देखि ४० लाखसम्मको कर्जा लगानी गर्न १० बर्षको लागि रकम उपलब्ध गराउनेछ ।

सम्झौता कार्यक्रमको लागि आवश्यक कर्मचारीलाई तालिम, नेतृत्व विकास, शाखा कार्यालय तथा लगानीको सम्भाव्यता अध्ययन कार्यको लागि रकम सहयोग गर्नेछ ।
साना तथा मझौला उद्यममा कर्जा सम्झौतामा कर्जा लगानी शुरु गर्नको लागि केएफडब्लु बैंकका प्रतिनिधिले बैंकका बिभिन्न शाखाबाट लगानी गरिएका परियोजनाहरु भ्रमणगरी बैंकलाई कर्जा लगानीको लागि रकम उपलब्ध गराएको हो ।

परियोजना अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकको अनुमतिमा केएफडब्लुले ओमलाई स्वीकृत प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment