Comments Add Comment

सामाजिक सेवामा पनि सक्रिय प्रियंका


नायिका प्रियंका चोपडाको ख्याती बलिउडमा मात्रै सिमित छैन । हलिउडमा समेत चर्चित प्रियंका सामाजिक काममा पनि सक्रिय हुन थालेकी छिन् । सायद त्यहि कारणले हुनसक्छ विभिन्न सामाजिक संस्थाले विभिन्न शीर्षकमा उनललाई सम्मान गर्ने क्रम बढ्दो छ ।

युनिसेफको सद्भावना दुतको रुपमा विस्थापित एवं शरणार्थीको अधिकारका लागि लड्दै आएकी प्रियंकालाई मदर टेरेसा मेमोरियल अवार्डवाट सम्मानित गरिएको छ ।

हार्मनी फाउण्डेशनले गरेको यो सम्मान पि्रयंकाको तर्फवाट उनकी आमा मधु चोपडाले ग्रहण गरेकी थिइन् । ‘म प्रियंकाको तर्फवाट विनम्रताको साथ यो अवार्ड स्वीकार गर्छु । मलाई यस्तो सन्तानको आमा हुन पाएकोमा गर्व छ । जो करुणमय र दयालु छिन् ।’ अवार्ड लिँदै मधुले भनिन् ।

प्रियंका सानैदेखि मदर टेरेसावाट प्रभावित भएको बताउदै दयालु पनि भएको मधुको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment