Comments Add Comment

प्रदेश ३ मा एमाले एक्लैको बहुमत, वाम गठबन्धनको दुई तिहाइ

प्रदेश ४ मा पनि वाम गठबन्धनकै बहुमत


२९ मंसिर, काठमाडौं । प्रदेश ३ मा नेकपा एमालेको एकल बहुमत पुगेको छ भने वाम गठबन्धनले दुई तिहाई बहुमत पुर्‍याएको छ ।

यो ११० सदस्यीय प्रदेशभामा हुनेछ, जसमा प्रत्यक्षतर्फ ६६ जना चुनिएका छन् भने समानुपातिकबाट ४४ सदस्य आउनेछन् ।

प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको छ भने माओवादीले १५, कांग्रेसले ७, नयाँ शक्ति र नेमकिपाले एकएक सिट जितेका छन् ।

समानुपातिकतर्फ पनि एमाले ठूलो दल बनेको छ । यो प्रदेशमा एमालेले १७ सिट पाउने भएको छ भने कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाउने भएको छ ।

यसरी हेर्दा प्रदेश ३ को प्रदेशसभामा ७ पार्टीको उपस्थिति हुने भएको छ ।

तर एमाले एक्लैको प्रष्ट बहुमत पुगेको छ । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सिट चाहिन्छ, जबकी एमाले एक्लैले ५९ सिट भएको छ ।

यस्तै प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट दुई तिहाई बहुमत पुगेको छ । प्रदेशसभमा दुई तिहाईका लागि ७४ सिट चाहिन्छ । एमालेको ५९ र माओवादीको २३ गरी ८२ सिट हुनेछ ।

प्रदेश ४ मा पनि वाम गठबन्धनकै दुई तिहाई

प्रदेश ४ मा पनि वाम गठबन्धनको दुई तिहाई बहुमत पुगेको छ । यहाँ जनमोर्चा पनि वाम गठबन्धनमा सहभागी छ ।

यो प्रदेशमा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ गरी ६० सदस्यीय प्रदेशसभा गठन हुनेछ । सामान्य बहुमतका लागि ३१ सिट चाहिन्छ भने दुई तिहाईका लागि ४१ सिट आवश्यक छ ।

प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले समानुपातिकमा १० सिट पाउने भएको छ । प्रत्यक्षमा ९ सिट जितेको माओवादीले ३ र प्रत्यक्षमा २ सिट जितेको जनमोर्चाले समानुपातिकमा एक सिट पाउने भएको छ । तीन दलको ४२ सिट हुनेछ ।

प्रत्यक्षमा ६ सिट जितेको कांग्रेसले समाुपातिकमा ९ सिट पाएको छ । नयाँ शक्तिको भने प्रत्यक्ष र समानुपातिकमा १–१ सिट हुने भएको छ ।

प्रदेशसभामा दिपक मनाङ्गे पनि हुनेछन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए तर एमालेको समर्थनमा चुनाव जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment