Comments Add Comment

करुणा कुँवरः शीघ्र स्खलनका ४ कारण

'पोडोफिला' को समस्या भएका पुरुष कस्ता हुन्छन् ?

करुणाजी, नमस्कार

म ३२ वर्षीय पुरुष हुँ । मेरो विवाह भएको ११ वर्ष भयो । १० वर्षकी छोरी पनि छन् । यौन सम्पर्कका बेला छिटो स्खलन हुन्छ । उनलाई सन्तुष्टि दिन नसक्दा उनी हस्तमैथुन गरेर आनन्द लिने प्रयास गर्छिन् । यही कारण म सधैं उनको अगाडि कमजोर महशुस गर्छु । कतिपय अवस्थामा उनलाई खुशी बनाउन मुख मैथुन गरिदिन्छु तर जब मुख मैथुन सकेर यौन क्रिडा शुरु गर्छु, स्खलन भइहाल्छ । के गर्ने होला ? – एम के

एमके जी,

उमेर बढ्दै जाँदा शीघ्र स्खलन धेरै पुरुषका लागि समस्या बन्ने गरेको छ । यस्तो समस्या हुनुमा ४-५ कारण छन् ।

क) मानसिक तनावः शीघ्र स्खलन हुनुको सबैभन्दा ठूलो कारण मानसिक तनाव नै हो । नेपाली समाजमा गरिबीबाट कसरी मुक्त हुने भन्ने चिन्ता हरेकजसो पुरुषलाई हुन्छ । यही कारण न्युन वर्ग र निम्न मध्यम वर्गका युवालाई सजिलै पैसा कमाउने भन्ने योजना बनाउने र त्यसको असफलताबाट चिन्ता थपिएको हुन्छ ।

यस्ता युवाको मनमा रातदिन कसरी आर्थिक अवस्थाबाट पार हुने, कसरी समाज र परिवारमा आफू राम्रो हुने भन्ने योजना चलिरहन्छ । यस्तो चिन्ता, तनाव एवं अवशादको असर सीधै मष्तिस्कमा हुन्छ ।

यस्तो व्यक्तिसँग मनोरञ्जनको अर्को विकल्प हुँदैन, त्यसैले एकान्तमा सोचिबस्ने र आनन्दका लागि हस्तमैथुनको सहारा लिने गर्छन् । बाहिरी मानिससँग कम घुलमिल हुने, दिमागमा सकारात्मक भावनाभन्दा नकारात्मक भाव आउन थाल्ने भएकाले विस्तारै यसको असर यौनमा पनि पर्छ ।

एकपल्ट तपाईंको मस्तिष्कमा म यौनमा कमजोर छु भनेर पर्‍यो भने त्यो दिमागले जहिल्यै पनि आफू कमजोर भएको सन्देश प्रवाहित गर्न थाल्छ । लगातारको यो सन्देशका कारण कम उमेरमै मानिस शीघ्र स्खलनको शिकार हुन्छ ।

ख) अति कामुकताको कारणः हामी बन्द समाजमा बस्छौं । बन्द समाजले यौनसम्बन्धि छलफल, यौन शिक्षा र खुला यौन व्यवहार गर्न दिँदैन । जब कुनै कुरा बाहिर बन्देज हुन्छ, त्यसले भिन्न तरिकाले आफ्नो मार्ग प्रशस्त गर्छ ।

अर्थात्, बाहिर भन्न नसकेका कुराको माग मस्तिष्कले गर्न थाल्छ । यसले शरीरमा भन्दा मनमा कामुकताको ज्वरो बलियो हुँदै जान्छ । यसबाट अश्लिल चलचित्र हेर्ने र यसैका बारेमा रातदिन चिन्तन गर्ने बानीको विकास हुन्छ ।

यसका नकारात्मक परिणामको खोजखबर गर्ने, ज्ञान पाउने माध्यम नहुँदा त्यसका असर थाहा हुँदैन । यसरी यो बढ्दै जाँदा शरीर र मनलाई पूर्ण कामुकताले छोप्छ । यस्तो व्यक्ति पछि गएर शीघ्र स्खलनको शिकार हुन्छन् ।

ग) विभिन्न रोगका कारणः शरीर आफैंमा एउटा स्वचालित मेसिन हो । यसलाई शारीरिक र मानसिक रोगले प्रभाव पारिरहेका हुन्छन् । कुनै रोग लाग्यो भने त्यसको असर यौनमा पनि पर्छ ।

विशेषगरी शारीरिकभन्दा मानसिक रोगले यौन क्रियाकलापमा असर गर्छ । हुन त, शारीरिक रोग लाग्दा त्यसको असर मानसिक अवस्थामा प्रभाव परिरहेकै हुन्छ ।

जब कुनै रोगले शारीरिक र मानसिक दुवैमा प्रभाव देखाउँछ, केही न केही प्रभाव मानिसको यौन जीवनमा पनि पर्छ । विशेषगरी, मधुमेह, उच्च रक्तचाप, अति न्युन रक्तचाप र अन्य केही बाहिरबाट हेर्दा थाहा नहुने रोगमा पनि यस्ता समस्या आउन सक्छन् ।

घ) मानसिक आघातः हुन त, माथि नै मानसिक समस्याका कारण शीघ्र स्खलनमा समस्या आउँछ भनेर भनिसकियो । यद्यपि, माथि भनिएको मानसिक कारण र यो थोरै फरक छ ।

मानसिक आघात अर्थात् मेन्टल स्ट्रोक कुनै ठूलो घटनाबाट निम्तिएको समस्या हो भने माथि भनिएको समस्या लगातार मस्तिष्कले प्राप्त गर्ने सूचनाका आधारमा आउने हो ।

मानसिक आघातका पनि धेरै कारण छन् । शीघ्र स्खलन हुने मानसिक आघातचाहीं सानो छँदा आफूमाथि यौन शोषण भएको छ अथवा कुनै कारणबाट सानैदेखि यौनका विषयमा नकारात्मक धारणा जन्मिएको छ भने त्यसबाट मस्तिष्कमा उत्पन्न आघातले यौन जीवनलाई प्रभावित पारिरहेको हुन्छ ।

तपाईंको हकमा के कारणले शीघ्र स्खलनको समस्या आयो भेटेरै छलफल गर्नुपर्ने हुनसक्छ । कुनै रोगका कारण हो भने चिकित्सकसँग सम्पर्क राख्नुपर्ने हुनसक्छ । जहाँसम्म तपाईंको यौन जीवनको कुरा छ, ३२ वर्षको उमेरमा यस किसिमको समस्या नहुनुपर्ने हो । कहिलेकाहीं, म कमजोरी छु भनेर स्वीकार गरेका कारण पनि समस्या आएको हुनसक्छ । मनोविज्ञको उचित सल्लाह लिनुपर्ने हुनसक्छ ।

(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए करुणा कुँवरलाई [email protected] प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ प्रत्येक शनिबार अनलाइनखबरमा छापिनेछ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment