Comments Add Comment

के महिलाको हिल जुत्ताले पुरुषलाई आकर्षण गर्छ ?

'पोडोफिला' को समस्या भएका पुरुष कस्ता हुन्छन् ?

करुणाजी, नमस्कार

म ३३ वर्षीय विवाहित पुरुष हुँ । अलि कामुक छु र यौन चलचित्र हेर्न मन पराउँछु । घरबाहेक बाहिर पनि जान्छु । यौन सम्पर्क गर्दा मलाई महिलाले हिल जुत्ता लगाएको मनपर्छ । यसमा म आनन्दित महशुस गर्छु । श्रीमतीले हिल जुत्ता लगाएको देख्दा यौन उत्तेजना बढेको महशुस हुन्छ र श्रीमतीलाई यौन सम्पर्कको समयमा हिल जुत्ता लगाउन कर गर्छु ।

उनले मेरो आग्रहलाई नकारात्मक रुपमा लिन्छिन् । उनी यस्तो व्यवहार रहिरहने हो भने डिभोर्स दिन्छु भनेर धम्क्याउँछिन् । उनको विचारमा यो मनोवैज्ञानिक समस्या हो । मलाई भने यो समस्या हो भन्ने लाग्दैन, बरु रोमान्टिक विचारजस्तो लाग्छ । कृपया यो कस्तो समस्या हो बताइदिनोस् । – रेक

रेकजी, तपाईंको प्रश्न रमाइलो र केही आश्चर्यजनक पनि छ । तपाईंजस्तै अन्य पुरुषमा यस्ता समस्या हुन सक्छन् कि सक्दैनन् भनेर मैले केही पुस्तक एवं इन्टरनेटको माध्यमबाट विश्वमा भएका यस्ता अध्ययनहरुको सूची खोजेकी थिएँ ।

रमाइलो के भने यो सूचीमा मैले तपाईंको जस्तै समस्या भएका केही युवा फेला पारें । यस्ता पुरुषका समस्यामा केही अनुसन्धानहरु भएका रहेछन् ।

यो दुर्लभ समस्या तपाईंमा मात्र देखिएको होइन । लोग्ने मानिसहरु महिलाका विभिन्न साधनबाट आकषिर्त हुन सक्छन् । को व्यक्ति महिलाका कस्ता कुराबाट आकषिर्त हुन्छन् भन्ने कुरा बेला-बेलामा अध्ययन भइरहेको हुन्छ ।

यो अध्ययनमा हिल जुत्ता लगाएको महिलासँगको आकर्षणकोे विषयलाई लिएर पनि विभिन्न अनुसन्धान भएका रहेछन् । यस्तो व्यवहारलाई अंगे्रजीमा ‘पोडोफिला’ भनिन्छ । ती अध्ययनहरुले देखाएअनुसार मानिसहरु जुत्तामा मात्र होइन, अन्य कुरामा पनि आकषिर्त हुने तथ्य पत्ता लागेको छ ।

जुत्ता अनि खुट्टामा हुने आकर्षणलाई आधार मानेर यस्तो व्यवहार गर्ने व्यक्तिलाई ‘फेटिस’ भनिन्छ । हालै चार सय व्यक्तिहरुसँग यसै विषयलाई लिएर अनलाइन अनुसन्धान गरिएको थियो । यो अनुसन्धान महिलाको जुत्तासँग मात्र सम्बन्धित थिएन, मानिसहरु अन्य कुन वस्तुसँग आकषिर्त हुन्छन् भन्ने विषयमा थियो ।

चार सय व्यक्तिहरुमध्ये आधाले खुट्टा र पैतालासँग आकषिर्त भएको बताए । १० जनामध्ये एकले शरीरको तरल पदार्थजस्तै पिसाब, रजस्वलाको रगत वा स्तनबाट आउने दूधसँग भएको बताएका थिए । १० जनामध्ये एकले शरीरको बनावटले आफूलाई प्रभावित पार्ने प्रतिक्रिया दिएका थिए ।

कतिपयले कम आकर्षण कपाल, पेट, दाँतसँग भएको बताए । एकतिहाइ व्यक्तिले उनीहरु जुत्ता वा बुटसँग आकषिर्त हुने गरेको प्रतिक्रिया दिएका थिए ।

अर्को एकतिहाइले स्कर्ट वा मोजाले पनि आफूहरुलाई आकषिर्त गर्ने गरेको विचार व्यक्त गरेका थिए । एक प्रतिशतले घडी, कपालमा लगाउने क्लिप आदिले आकषिर्त गर्ने प्रतिक्रिया दिएका थिए । बाँकीले भित्री बस्त्रले आफूहरुलाई आकषिर्त गर्ने गरेको बताए ।

चर्चित मनोदार्शनिक सिग्मन्ड प|mायडले यस्तो व्यवहार लामो समयदेखि डरको कारणले ल्याएको हुनसक्ने बताएका छन् । पूराना मनोविद्हरुले यस्तो कुनै आघातजन्य घटना बाल्य अवस्थामा भएको कारणले आउन सक्ने बताएका छन् ।

कतिपय मनोविदले यो व्यवहारलाई सामान्य भनेका छन् । कुनै पनि वस्तुको प्रयोग अनि त्यस वस्तुलाई हेरेर यौन उत्तेजना हुनु भनेको स्वाभाविकै भए पनि यदि यस्तो व्यवहारले आप्fm्नो पार्टनरलाई दबाब महशुस हुन्छ, हिंसा हुन शुरु हुन्छ भने त्योचाहीं स्वाभाविक होइन ।

यदि तपाईंको यो व्यवहारले तपाईंकी श्रीमतीलाई अप्ठ्यारो बनाइराखेको छ भने यस विषयमा उहाँलाई पनि बुझाउन आवश्यक हन्छ । तपाईंमा देखिएको यो व्यवहार समस्या हो कि होइन भन्ने कुरा उहाँले पनि प्रष्टसँग बुझ्न जरुरी हुन्छ ।

हालमा देखिएको तपाईंहरुबीचको यौन इच्छामा मात्र भिन्नतामा सीमित नरहिकन सामाजिक समस्या देखिन्छ भने यसले आफैंलाई हानी हुन थाल्छ । यदि यही समस्याका कारण तपाईंकी श्रीमतीले तपाईंलाई छाड्नेसम्मको धम्की दिनुहुन्छ भने पक्कै पनि यो समस्या हो ।

यसबाट बच्न विभिन्न किसिमको उपचार पद्दति अपनाउन सकिन्छ । मनोविद्को सहयोगमा साइको थेरापी, कग्नेटिभ बिहेभिएर थेरापीले मद्दत गर्न सक्छ ।

जसमा विगतमा भएको भावनात्मक समस्यामा भन्दा पनि हालमा देखिएको समस्यामा केन्दि्रत रहेर उपचार गरिन्छ । औषधी उपचार पनि गराउन सकिन्छ, जसका लागि मनोचिकित्सककोमा सम्पकी गर्न सकिन्छ । यदि तपाईं आफैंले आफ्नो पार्टनरलाई बुझाउन गाह्रो हुन्छ भने मनोविद्को सहयोग लिन सक्नु हुन्छ, जसका कारण खुलस्त रुपमा एकअर्काप्रति प्रष्ट हुन मद्दत मिल्छ ।

(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए करुणा कुँवरलाई [email protected] प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ प्रत्येक शनिबार अनलाइनखबरमा छापिनेछ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment