+
+
Shares

राष्ट्रियसभा निर्वाचन नभएसम्म सरकार छाड्दैनौंः कानूनमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३ गते १४:३९

३ पुस, काठमाडौं । कानूनमन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् ।

वाम गठबन्धनका नेताद्वय केपी ओली र प्रचण्डले अहिल्यै कुर्सी छोड भनेर देउवाको राजीनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको उनले बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै कानुन मन्त्री थापाले भने, ‘यो चुनावी सरकार हो, राष्ट्रियसभाको निर्वाचन गर्न बाँकी नै छ, हामी निर्वाचन सम्पन्न गरेर मात्रै सरकार छाड्छौं ।’

उनले अघि भने, ‘देउवाले मलाई धेरै दबाबआयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न, ओली र प्रचण्डलाई पनि आउँछु भन्ने छुट छैन ।’

यद्यपि राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछिसर्लक्कै सरकार छोड्न आफूहरु तयार रहेको उनले स्पष्ट पारे ।

सरकारले दुई महिना अघि नै राष्ट्रियसभा सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको भन्दै अहिलेसम्म नआउनु दुःखद् भएको उनको टिप्पणी थियो । उनले भने, ‘म अहिले पनि भन्छु राष्ट्रपतिसँग अर्को विकल्प छैन, अध्यादेश स्विकृत गर्नैपर्छ, सरकारसँग पनि अर्को विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?