Comments Add Comment

‘मालती’ बनेपछि वेनिशाको करिअरलाई फाइदा कि घाटा ?


बक्स अफिसमा हिट त छदै छ, कलाकार आफूले काम गरेको चरित्रको सकारात्मक प्रतिक्रिया पनि आओस् भन्ने चाहन्छन् । चलचित्र सफल भएको खण्डमा कलाकारलाई फाइदै फाइदा हुन्छ । तर, कतिपय चलचित्र सफल भएर पनि कलाकारको कामको चर्को आलोचना हुन्छ ।

चलचित्र ‘स्वर’बाट रजतपटमा भित्रिएकी नायिका बेनिशा हमाललाई करिअरमा सफलता पाउन अझै संघर्ष गरिरहनुपरेको छ । तर, पछिल्लो रिलिज चलचित्र ‘झ्यानाकुटी’ले बेनिशाको करिअर नयाँ उचाइमा लगेको टिप्पणी गर्न सकिन्छ । नायिकाले यो चलचित्रमा ‘मालती’ नामक पात्रको भूमिका निर्वाहा गरेकी छिन् ।

गाउँको विशुद्ध कथामा निर्माण भएको चलचित्र आवश्यकता भन्दा लामो छ । कथावस्तुलाई निर्देशक सिमोस सुनवारले अनावश्यक रुपमा तन्काएका छन् । पहिलो पाटोमै चलचित्रको कथा सकिएपनि निर्देशकले दोश्रो हाफमा पनि १ घन्टा भन्दा बढी चलचित्र तन्काइदिएका छन् । सौगात मल्ल र वेनिशाको संवादले दर्शकलाई हसाँउछ, तर कथाले बाँधिरहन सक्दैन । यसो भनिरहँदा नायिका वेनिशा हमाल र नायक सौगात मल्लको अभिनयलाई भने कमजोर भन्न मिल्दैन ।

वेनिशाको संवाद, उनको शैली र गेटअपले दर्शकको मन पगाल्छ । दर्शकलाई हसाँउछ अनी रुवाउँछ पनि । वेनिशाका करिअरका लागि ‘मालती’ एउटा संझनायोग्य भूमिका हुने पक्का छ ।

चलचित्रकर्मी, पत्रकार र दर्शकले उनलाई भूमिकामा न्याय गर्न सक्ने नायिकाको रुपमा चित्रण गर्न थालेका छन् । जसकाकारण, उनलाई अब करिअर अगाडि बढाउन पहिलेको जस्तो अप्ठ्यारो नपर्ने पक्का छ ।

फागूण १८ मा रिलिज हुन लागेको नयाँ चलचित्र ‘ब्लाइन्ड रक्स’मा दृष्टिबिहिन श्रृष्टी केसीको भूमिकामा देखिएकी वेनिशाले अर्को बर्ष आयोजना हुने विभिन्न अवार्ड समारोहमा अन्य नायिकाहरुलाई टक्कर दिने निश्चित छ । चलचित्रको कथावस्तु, आफ्नो भूमिकालाई हेरेर चलचित्र खेल्न थाल्ने हो भने वेनिशा हमाललाई चलचित्र क्षेत्रमा आफ्नो दमदार उपस्थिती जनाउन सक्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment