+
+

हामी एकल संक्रमणीय प्रणालीको पक्षमा छौंः उपेन्द्र यादव

मधेस मुद्दा सम्वोधन भए सरकारलाई सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ४ गते १६:०१

४ पुस, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उप्न्द्र यादवले आफूहरु राष्ट्रियसभाको चुनाव एकल संक्रमणीय प्रणालीका आधारमा हुनुपर्ने पक्षमा रहेको बताएका छन् ।

अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै सांसद यादवले भने – ‘राष्ट्रियसभालाई समावेशी बनाउनुपर्छ, यसका लागि एकल संक्रमणीय निर्वाचन प्रणालीमा जानु राम्रो हुन्छ भन्ने हाम्रो धारणा छ ।’

अहिले संविधानको धारालाई लिएर विवाद गर्नेहरुले हिजै संविधान बनाउने बेलामा विचार गर्नुपथ्र्यो भन्ने यादवको धारणा छ । उनले कांग्रेस र एमालेतिर लक्षित गर्दै भने – ‘हिजो संविधान बनाउने बेलामा विचारै गरेनन् ।’

तर, ‘राष्ट्रियसभाको निर्वाचन संघीय कानूनअनुसार हुनेछ’ भनेर संविधानमा स्पष्ट उल्लेख गरिएकाले एकल संक्रमणीय निर्वाचन प्रणालीसहितको कानून बनाउन संविधानले कुनै बाधा नगर्ने नेता यादवले अनलाइनखबरलाई बताए ।

मधेस मुद्दा सम्वोधन भए सरकारलाई सहयोग गर्ने

फोरम अध्यक्ष यादवलाई हामीले सोध्यौं, तपाईको पार्टी पनि वाम सरकारमा सहभागी हुन्छ भन्ने हल्ला सुनिँदैछ, वास्तविकता के हो ?

जवाफमा यादवले भने- ‘हामी सरकारमा जानै हुन्न भन्ने छैन । र, जानैपर्छ भन्ने पनि छैन । हामीले उठाउँदै आएका मधेसका मुद्दालाई प्राथमिकता दिन्छौं ।’

आफूहरुले उठाउँदै आएका मधेस सम्बन्धी मुद्दालाई वाम सरकारले सहयोग गर्‍यो भने उसलाई पनि सहयोग गर्नेबारे सोच्न सकिने यादवले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?