+
+

ग्लोबल आइएमईको ५४ औँ शाखारहित बैकिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ४ गते १८:३०

४ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंकले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ३, पोखरी बजारमा आफ्नो ५४ औ शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।

सो स्थानको लागि बैंकले सेवाको लागि स्थानीय मनमाया लिम्बुलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ ।  कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको पोखरी बजारका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राखेर बैंकले त्यहा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । शाखारहित बैंकिङ सेवा उद्घाटन समारोहमा स्थानीय स्तरका समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

असोज मसान्तसम्म बैंकले १ खर्ब ४ अर्व ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ । बैंकको हाल १ सय ८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, एउटा सिडिएससी काउण्टर, १ सय २६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५४ शाखा रहित बैंकिङ सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?