+
+

प्रकाशमान भन्छन्- संघीय संसदविना सरकार बनाउँछु भन्नु बिहे नगरी बच्चा जन्माएजस्तै

'प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न आतुर छौं'

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ५ गते ११:४६

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय संसदविना वाम गठबन्धनले सरकार बनाउँछु भन्नु बिहे नगरी बच्चा जन्माउछु भनेजस्तै भएको टिप्पणी गरेका छन् । कांग्रेस सरकारमा रहिरहन नचाहेको भन्दै उनले कानुनी प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए ।

काठमाडौं क्षेत्र नम्बर १ मा बुधबार बिहान आयोजित कार्यक्रममा नेता सिंहले प्रदेश र प्रतिनिधिसभा चुनाव अगाडि नै सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण गरेर राष्ट्रपतिले राजनीतिक निकासको वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।

‘सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन् । यो सबै गलत हो,’ उनले भने, ‘राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको हो । त्यसलाई राष्ट्रपतिले जारी गर्नेवित्तिकै एउटा निकास निस्कन्छ ।’

कम्युनिष्ट पार्टीहरूले भएका कुरालाई पनि ढाकछोप गरेको भन्दै कांग्रेस नेता सिंहले भने, ‘विवाह नगरी बच्चा जन्मिन्छ भन्नुजस्तै हो संसदविनै एमालेले सरकार बनाउँछु भन्नु । संघीय संसद नआइकन सरकार गठन हुन सक्छ ? सक्दैन ।’

‘विनाविभागीय मन्त्री बनेर बसेकाले नैतिकताको पाठ सिकाए’

सरकारमा विनाविभागीय मन्त्री बनेर बसेको माओवादीले नै कांग्रेसलाई नैतिकताको पाठ पढाएको भन्दै सिंहले आश्चर्य व्यक्त गरे ।

‘सरकारमा विनाविभागीय मन्त्री छन् । चुनावमा जित्न पाएपछि नैतिकता र जिम्मेवारी नै भुल्छन् । त्यस्ता दलले कांग्रेसलाई नैतिकता सिकाउँछन्,’ उनले भने, ‘कांग्रेस सत्तामा बसिरहन चाहेको छैन ।’

सत्ताको नेतृत्व गर्नेहरूले राजनीतिक र संवैधानिक संस्कारलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘आफै अवरोध गर्ने । अनि कांग्रेसलाई दोष दिने ?’ नेता सिंहले भने, ‘नेताहरूमा घमण्ड पलाउनु हुँदैन ।’

‘कांग्रेसको नेतृत्व ठीक छैन’

प्रत्यक्षतर्फ कांग्रेसले पाएको सिट संख्या अन्त्यन्तै निराशाजनक रहेको भन्दै सिंहले त्यसको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने धारणा राखे ।

‘जनताले कांग्रेसको नेतृत्व ठीक छैन । अब नेतृत्वमा सुधार गर्नुपर्छ भन्ने सन्देशसहितको मत दिएका छन् । यसलाई आत्मसात गरेर कांग्रेसलाई सुधार गर्नेतिर लाग्नुपर्छ,’ उनले भने ।

निर्वाचनमा कांग्रेसले पराजय भोगेपछि सिंह नेतृत्वप्रति आक्रामक देखिएका छन् । उनले पराजयको नैतिक जिम्मेवारी लिँदै पद त्याग्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?