+
+
Shares

‘जी सिने अवार्ड’मा बरुण र श्रीदेवी उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ५ गते १३:४७


मंगलबार बेलुकी मुम्बइमा ‘जी सिने अवार्ड’ आयोजना भएको छ । भारतकै चर्चित अवार्ड शोमा चर्चित कलाकारहरुले रेड कार्पेटमा पाइला राखे । यो अवार्डमा आमिर खान निर्मित चलचित्र ‘सेक्रेट सुपरस्टार’ले धेरै विधामा बाजी मार्‍यो । बर्षको उत्कृष्ट चलचित्र ‘गोलमाल अगेन’ हुन पुग्यो भने चलचित्र ‘मोम’बाट श्रीदेविले उत्कृष्ट नायिकाको अवार्ड जितिन् ।

चलचित्र ‘बद्रिनाथकि दुल्हनियाँ’बाट बरुण धवन उत्कृष्ट नायकको अवार्ड जित्न सफल भए । नायिका प्रियंका चोपडालाई ‘ग्लोबल आइकन एक्स्ट्राअर्डिनरी अवार्ड’मा सम्मानित गरियो भने नायक साहरुख खानलाई बलिउडमा २५ बर्ष सफलतापूर्वक बिताएको भन्दै अवार्ड प्रदान गरियो । २५ औ ‘जी सिने अवार्ड’मा कसले कुन विधामा अवार्ड प्राप्त गरेका छन्, यसको सूची यहाँ प्रस्तुत गरिएको छः

१. एक्स्ट्राअर्डिनरी इम्प्याक्ट अवार्डः ट्वाइलेट एक प्रेम कथा

२. एक्स्ट्राअर्डिनरी लेजेन्ड अवार्डः अमिताभ बच्चन

३. उत्कृष्ट खलपात्रः राज राजुन(सेक्रेट सुपरस्टार)

४. उत्कृष्ट सह-अभिनेत्रीः मेहेर भीज(सेक्रेट सुपरस्टार)

५. उत्कृष्ट सह-अभिनेताः अनिल कपुर(मुबारकन)

६. उत्कृष्ट नव-निर्देशकः अद्भाइत चन्दन(सेक्रेट सुपरस्टार)

७. उत्कृष्ट नव-नायकः मातिन रोय तंन्गु(ट्यूबलाइट)

८. उत्कृष्ट नव-नायिकाः निधी अग्रवाल(मुन्ना माइकल)

९. उत्कृष्ट फिल्म(पब्लिक च्वाइस) ट्वाइलेट एक प्रेम कथा

१०. उत्कृष्ट अभिनेत्री(पब्लिक च्वाइस): आलिया भट्ट(बदि्रनाथकि दुल्हनिया)

११. उत्कृष्ट अभिनेता(पब्लिक च्वाइस): अक्षय कुमार(ट्वाइटेल एक प्रेम कथा)

१२. असाधारण सिक्वेल अवार्डः बाहुवली

१३. एक्स्ट्राअर्डिनरी इम्प्याक्ट अवार्ड(महिला): तपसी पन्नु(नाम सवाना)

१४. एक्स्ट्राअर्डिनरी इम्प्याक्टर अवार्ड(पुरुष): राजकुमार राव

१५. उत्कृष्ट चलचित्रः गोलमाल अगेन

१६. उत्कृष्ट निर्देशकः अश्विनी तिवारी(बरेली कि बर्फी)

१७. उत्कृष्ट अभिनेत्रीः श्रीदेवि(मोम)

१८. उत्कृष्ट अभिनेताः बरुण धवन(बद्रिनाथ कि दुल्हनिया)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?