Comments Add Comment

सङ्खुवासभा याखा चोकमा ग्लोबल आइएमईको ५५ औँ शाखा रहित बैकिङ सेवा

५ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंकले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ४, याखा चोकमा आफ्नो ५५ औ शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।

सो स्थानको लागि बैंकले सेवाको लागि स्थानीय अनिरुद्र सिहं लिङ्गखालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राखेर बैंकले त्यहा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

उद्घाटनको क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल स्थानिय ९० बर्षिय ज्येष्ठ नागरिक ललुमाया सुवेदिको नाममा खाता खोलि व्यक्तिगत रुपमा २ हजार ५सय रुपैया जम्मा गरिदिएर सो सेवाको कारोबार शुभारम्भ गरे ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

असोज मसान्तसम्म बैंकले १ खर्ब ४ अर्व ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको छ । बैंकको हाल १ सय ८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, एउटा सिडिएससी काउण्टर, १ सय २६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५४ शाखा रहित बैंकिङ सेवा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment