+
+

तेस्रो गुल्मी महोत्सव चैतमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ६ गते १२:०५


६ पुस, गुल्मी । कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा चैत फागुनमा तेस्रो गुल्मी महोत्सव हुने भएको छ ।

गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले आउँदो चैत १६ देखि २५ गतेसम्म महोत्सव गर्ने निर्णय भएको जानकारी दिए ।

वाणिज्य संघले यसअघि फागुन ३ देखि महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । विशेष कारण देखाउँदैले संघले अर्को मितिमा महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउन विभिन्न २६ वटा उपसमिति गठन भएको वाणिज्य संघ, गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।

१० दिनसम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धनसगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे तालसहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार गर्ने उद्देश्य राखिएको छ ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउलगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका दिँदै आएको छ ।

गएको ०७१ सालमा ‘गुल्मी जिल्लाको समग्र विकासको आधार, कृषि पर्यटन,उद्योग र व्यापार’ भन्ने नाराका साथ २२ फागुनदेखि ३० सम्म दोस्रो महोत्सव सम्पन्न भएको थियो । महोत्सवमा १ करोड ६४ लाख ७ हजार ६सय ६३ रुपयाँको आम्दानी भएको थियो । आम्दानीमध्ये ६९ लाख ५० हजार २ सय ६७ रुपैयाँ खर्च भएको थियो ।

महोत्सवबाट ३६ लाख ९७ हजार ३ सय ९६ बचत भएको थियो । महोत्सवमा आम्दानी भएको रकमबाट सुविधा सम्पन्न झण्डै २/३ सय मानिसहरु अटाउने सभाहलको निमार्ण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?