+
+

सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ६ गते १८:२७

६ पुस, काठमाडौं । एनएमबी बैंकले सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय अनलाईन रेमिटेन्स् कम्पनी इन्सटारेमसँग रेमिटेन्स् सेवा सम्झौता गरेको छ । सम्झौतापश्चात नेपालीहरुलेे अस्ट्रेलिया, क्यानेडा, सिङ्गापुर, हङकङ, मलेसिया, भारत तथा युरोपका विभिन्न देशहरुबाट इन्सटारेमको अनलाईन प्रबिधि प्रयोग गरी एनएमबी बैंक मार्फत सोझै नेपाल स्थित कुनैपनि बैंक वित्तीय संस्थामा रहेको खातामा पैसा पठाउन सक्नेछन् ।

सम्झौतामाबैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी तथा इन्सटारेमका चिफ बिजनेस अफिसर प्रतिक गान्धीले हस्ताक्षर गरेका छन् ।

इन्सटारेमसँग सम्झौता भएकोमा खुशी व्यक्त गर्दैर् बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने – “यो सम्झौतासँगै बिश्वका महत्वपुर्ण स्थानहरुबाट आधुनिक अनलाईन प्रबिधि प्रयोग गरी रेमिटेन्स गर्न अझै सहज एवम् सुरक्षित हुने साथै सरल बैकिङ्ग सेवा पुर्‍याउदै समृद्ध नेपालप्रति बैंकले लिएको प्रतिबद्घतालाई समेत सार्थकता प्रदान गर्ने कुरामा हामी विश्वस्त रहेको छौं । “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?