+
+

आइफोनको ब्याट्री छिट्टै रित्तिन्छ ? अपनाउनुस् यी टिप्स

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते १५:०३

कतिपय एप्पल डिभाइस प्रयोगकर्ताहरु ब्याट्री ब्याकअपलाई लिएर चिन्तित हुन्छन् ।

धेरैजसो प्रयोगकर्ताहरु आफ्नो आइफोन चार्ज गर्नका लागि आफू जहाँ जाँदा पनि चार्जरसँगै लिएर जान्छन् ।

के तपाईंले पनि आइफोन प्रयोग गर्नुहुन्छ र तपाईंको आइफोनमा छिटो छिटो ब्याट्रीको चार्ज रित्तिने समस्या छ ? यदि त्यस्तो समस्या भोगिरहनु भएको छ र आफ्नो आइफोनको ब्याट्री ब्याकअप बढाउन चाहनुहुन्छ भने तपाईंले आइफोनको सेटिंग्समा केही परिवर्तन गरी फोन डिस्चार्ज हुने वा छिटै ब्याट्री सकिने समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

यतिमात्र होइन, तपाईंले आइफोनमा रहेका अनावश्यक एपहरु अनइन्स्टल पनि गर्न सक्नुहुन्छ । कहिलेकाहीँ आइफोन प्रयोगकर्ताहरु ब्याकग्राउण्डमा चलिरहेका एपहरु त हटाउँछन् तर त्यसलाई रिफ्रेस गर्न भुल्छन् । त्यसैले आइफोनकेा ब्याट्री ब्याकअप बढाउनका लागि धेरै कुरामा ध्यान दिनुपर्छ, केही टिप्स यस्ता छन् :

  • Raise to wake फिचर बन्द गर्नुहोस्ः आइफोनमा यो फिचर सक्रिय राख्दा फोनको ब्याट्रीको चार्ज खपत धेरै हुन्छ । त्यसले यो फिचरलाई बन्द गरेर तपाईंले आइफोनको ब्याट्री चार्ज बचाउन सक्नुहुन्छ । यसलाई बन्द गर्नका लागि स्क्रिनमा डबल ट्याप गरी डिस्प्ले अन गर्न सक्नुहुन्छ । यसलाई सधैका लागि बन्द गर्नका लागि आइफोनको सेटिंग्समा गएर डिस्प्ले तथा ब्राइटनेट मेन्यूमा ट्याप गरेर Raise to wake फिचरलाई डिसेबल गर्नु पर्दछ ।
  • Haptic Feedback  बन्द गर्नुहोस् : आइफोनमा टाइप गर्ने सबयमा ब्राइटनेसका साथै विभिन्न आवाज निस्कने कारणले पनि ब्याट्री खपत बढ्ने समस्या हुनसक्छ । यसलाई बन्द गर्नका लागि आइफोनको सेटिंग्समा सबैभन्दा माथि ट्याप गर्नुहोस् । त्यसपछि क्यगलमक बलम ज्बउतष्अक मा क्लिक गरी keyboard haptics sounds तथा vibration दुवै बन्द गर्नुहोस् ।
  • वाइफाइमा मात्रै Background App Refresh गर्नुहोस् : आइफोनमा पृष्ठभूमिमा चलिरहेका एपलाई रिफ्रेस गरेर पनि ब्याट्री ब्याकअप बढाउन सक्नुहुन्छ । साथै प्रयोगमा नआउने एपहरुको ब्याकग्राउण्ड अपडेट निस्क्रिय बनाएर ब्याट्रीको खपत घटाउन सकिन्छ । तपाईंले वाइफाइमा मात्रै ब्याकग्राउण्ड एप रिफ्रेस हुनेगरी सेटिंग्स मिलाउनुभयो भने ब्याट्रीसँगै इन्टरनेट डाटाको खपत पनि बचाउन सक्नुहुनछ । त्यसका लागि आइफोनको सेटिंग्समा गएर general settings मा ट्याप गर्नुपर्छ । त्यसपछि background app refresh मा ट्याप गरी वाइफाइ अप्सन छान्नुपर्दछ ।
  • · सबै एपलाई अपडेट गर्ने : आइफोनमा रहेका सबै एपलाई हरक्षण अपडेटेड राख्नाले ब्याट्री ब्याकअपलाई बढाउनुका साथै फोनको डाटा खपतमा पनि सुधार ल्याउन सकिन्छ । यसका लागि एप स्टोर खोलेर सबै एपलाई अपडेट गर्नुपर्दछ । यसका साथै तपाईं विभिन्न अपडेटेड फिचरहरु पनि देख्नुहुन्छ । इन्टरनेट डाटा जोगाउनका लागि कतिपय आइफोन प्रयोगकर्ताले एप् अपडेट गर्न चाहँदैननु् । तर यसो गर्नु हानिकारक हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?