+
+

दक्षिण कोरियाको एक व्यापारिक भवनमा आगलागी हुँदा २९ को मृत्यु, २६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ७ गते ७:४१

७ पुस, काठमाडौं । दक्षिण कोरियाको जोसेन सहरमा रहेको एउटा भवनमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने २६ भन्दा बढी घाइते भएका छन् ।

राजधानी सोलदेखि झण्डै १ सय ७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो ।

आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन्

मृत्यु भएकामध्ये सबैजना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन् । उनीहरु सबैजना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए ।

आगलागीमा परी घाइते २६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । धुँवाले निसास्सिएकै अवस्थामा उनीहरुलाई अस्पताल पर्याइएको हो ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।

आगलागी स्थानीय समयानुसार दिँउसो ३ः५३ बजे भएको थियो । आगलागी भए लगत्तै ५० ओटा अग्नी नियन्त्रक यन्त्र, ६० जना अग्नी नियन्त्रक र हेलिकोप्टर आगलागी नियन्त्रण गर्न र पिडितहरुलाई उद्धार गर्न खटाइएको थियो ।

उनीहरुले बेलुका ५ः४० मा मात्रै आगो नियन्त्रणमा लिन सकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?