+
+

पोर्चुगलमा पनि मनाइयो बुद्धजयन्ती

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते ६:२२

बार्सिलोना। शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती पोर्चुगलमा पनि मनाइएको छ ।अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालय लिस्वनको आयोजनामा बिहीबार बुद्धजयन्ती मनाइएको हो।

मार्टिम मुनिज पार्कमा बुद्धको पूजा आराधना पछि लिस्वनका सडकहरुमा शान्ति र्‍याली निकालिएको थियो। ‘बुद्धम् शरणम् गच्छामि’ भन्दै एनआरएनए पोर्चुगल,नेपाल आदिवासी जनजाति महासंघ,नेप्लिज वुमेन एसोसिएसन लगायत दर्जनौ संघसंस्थाका प्रतिनिधिहरु र्‍यालीमा सहभागी बनेका थिए।

बाजागाजासहित सुरु भएको शान्ति र्‍यालीमा बुद्धको फोटो र बुद्ध उपदेश अंकित प्ले कार्ड, राष्ट्रिय झण्डा र आ-आफ्नो समुदायको भेषभूषासहित सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी, पत्रकार लगायत नेपाली समुदाय सहभागी थिए ।

लिस्वनस्थित नेपाली कन्सुलेट कार्यलयका प्रतिनिधि छविलाल बगालेले बुद्ध नेपालमा नै जन्मिएको तथ्यलाई थप पुष्टि गर्न कार्यक्रम आयोजना गरिएको बताए। उनले लिस्वनमा खुल्ला सडकमा गरिने यस्ता कार्यक्रमले नेपालमा धार्मिक पर्यटक भित्राउन मद्दत पुग्नेमा आशावादी रहेको सुनाए।

एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्काले लिस्वनमा भव्यताका साथ बुद्ध जयन्ती मनाएको प्रतिक्रिया दिए । ‘विश्वमा बुद्ध सन्देशको ठूलो रहेको महत्व छ। मुख्यत: पोर्चुगिस नागरिकलाई बुद्ध जन्मिएको देशमा पुग्न प्रेरित गर्न यस्ता गतिविधिले सहयोग पुग्ने विश्वास लिएका छौँ,’ अध्यक्ष खड्काले भने।

नेपाली आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले बुद्ध जन्मिएको स्थलबारे भम्र रहेको हुँदा पोर्चुगलमा मात्रै नभएर डायस्फोरामा रहेका नेपालीहरुले संसारभर कार्यक्रम गरेर बुद्धजयन्ती मनाइरहेको प्रतिक्रिया दिए।

गैर आवासीय नेपाली संघ पोर्चुगलकी महिला संयोजक सरिता शर्माले बुद्ध र सगरमाथाको देशबाट शान्तिको सन्देश विश्वभर अझै पुग्नुपर्नेमा जोड दिइन्। ‘अहिले पनि केहि देशहरुमा युद्ध चलिरहेको छ। शान्तिको सन्देशका लागि यस्तै कार्यक्रमहरुले नै प्रेरित गर्द,’ उनले भनिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?