Comments Add Comment

जेरुसेलमलाई मान्यता दिने अमेरिकी निर्णय अस्वीकार


७ पुस, काठमाडौं । जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने अमेरिकी निर्णयलाई संयुक्त राष्ट्रसंघको महासभाले अस्वीकार गरेको छ ।

सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीका बाबजुद १२८ मुलुकले जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने निर्णय उल्टाउने प्रस्तावको पक्षमा मतदान गरे ।

९ मुलुकले मात्र प्रस्तावको विपक्षमा मत दिएका छन् भने ३५ मुलक मतदानमा अनुपस्थित रहेका थिए ।

मतदानपछि प्यालेस्टायनी राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यसलाई प्यालेस्टायनीहरुको जित भएको बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामीन नेतान्याहुको कार्यालयले यो नजिता अस्वीकार गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment