+
+
Shares

सुपर ग्यास उद्योग आगलागीः घाइते नेपालको उपचारका क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ७ गते १२:१२

७ पुस, वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी घाइते १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

आगो निभाउने क्रममा घाइते भएका वीरगञ्ज महानगरपालिकाका अग्नी नियन्त्रक सञ्जीव नेपालको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले घाइते नेपालकाे मृत्यु भएको पुष्टि गरेका छन् ।  नेपाललाई उपचारका लागि भक्तपुर लगिएको थियो ।

योसँगै वीरगञ्जको सुपर ग्यास उद्योग आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुई जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?