Comments Add Comment

ईपीएल क्रिकेटमा पोखराको दोस्रो जित

७ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजले दोस्रो जित हात पारेको छ ।

शुक्रबारको पहिलो खेलमा पोखराले काठमाडौं किङ्ग्स इलाभेनलाई ६ विकेटले हराएको हो । यसअघि पहिलो खेलमा चितवन टाइगर्सलाई १० विकेटले हराएको पोखरा दोस्रो खेलमा विराटनगर बारियर्ससाग पराजित भएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौंले दिएको ९९ रनको सामान्य लक्ष्य भेट्टाउन पोखराले १८.२ ओभर खेल्नु पर्‍यो भने ४ विकेट गुमायो । उसको सुरुवात राम्रो थियो ।

ओनपर सुनिल धमला व्यक्तिगत २० रनमा आउट हुादा टिमको स्कोर ३८ रन थियो । तर, पावर प्ले सकिए लगतै लगातार दुई ओभरमा दुई विकेट गुमायो । विनोद भण्डारी ४ र आसिफ अली मात्र ३ रनमा आउट भए । १२ औं ओभरमा चौथो विकेटका रुपमा राजेश पुलामी व्यक्तिगत ८ रनमा आउट हुादा पोखराले ६५ रन जोडेको थियो र जितका लागि ३४ रन आवश्यक थियो ।

तर, इर्शाउल्लाह र कप्तान शक्ति गौचनले पाचौं विकेटका लागि अविजित ३७ रनको साझेदारी गर्दै इनिङ सकिन ८ बल अघि नै पोखरालाई जित दिलाए । इर्शाउल्लाहले अविजित ४५ रन बनाउादा गौचन १८ रनमा नटआउट रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंको इनिङ सुरुमै धरमरायो । अमित श्रेष्ठ गोल्डेन डकआउट भए भने कप्तान परवेज मारुफ पनि शुन्यमै आउट भए ।

तर, राजु रिजालले अर्का ओपनर सागर पुनसाग मिलेर तेस्रो विकेटका लागि ३५ रनको साझदारी गरे । रिजाल १७ रनमा आउट भए । पााचौ नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी १० रनमा आउट हुादा टिमको स्कोर ६४ रन थियो ।

तर, पुरै २० ओभर खेल्दा काठमाडौंले थप चार विकेट गुमाएर कुल ९८ रन मात्र जोड्न सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा पोखराका कप्तान शक्ति गौचनसागै विक्रम शोव र सुशान भारीले समान २-२ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment