Comments Add Comment

बिराट कोहली कसरी यति स्मार्ट ? यस्तो छ उनको फिटनेस सूत्र

टिम इन्डियाका कप्तान हुन्, विराट कोहली । अर्को रुपमा चिनाउने हो भने, विश्वकै ब्रान्ड भ्यालु भएको सेलिब्रेटीमा गनिन्छन् उनी । अझ विराटलाई चिनाउन अनुष्का शर्माकी पति । बलिउड अभिनेत्री अनुष्का र विराटले हालै औपचारिक रुपमा जोडी बाँधेका हुन् । यो जोडीलाई भारतकै हट जोडीमा गनिन्छ ।

अब लागौं विराटतर्फ । विराट करोडौं युवाको आइकन हुन् । त्यसो हुनुमा एक त उनको लोभलाग्दो ब्याटिङले काम गरेको छ, अर्कोतर्फ स्मार्ट ज्यानले । उनको ज्यान लोभ्याउने खालकै छ । आकर्षक । तन्दुरुस्त । त्यसो नहुँदो हो त बलिउड अभिनेत्रीको आँखा उनमा पर्ने पनि थिएन सायद ।

फिटनेस मन्त्र

विराट ब्याटिङमा मात्र होइन, फिटनेसमा पनि अत्यन्त संवेदनशील छन् । खासमा राम्रो फिटनेसले उनको खेलमा पनि सकारात्मक प्रभाव परेको पाइन्छ ।

आफूलाई फिट राख्न बिराट कडा मिहिनेत गर्छन् । कडा डाइट प्लानमा रहन्छन् । घन्टौं जिममा पसिना बगाउँछन् । एउटा खेलाडीका निम्ति फिटनेस कति महत्वपूर्ण छ भन्ने उनलाई थाहा नहुने कुरै भएन ।

बाहिरको खाना कम

विराटलाई रेस्टुरेन्टको खाना खासै स्वाद पर्दैन । खासमा उनी बाहिरको खाना सकेसम्म टार्ने प्रयास गर्छन् । सम्भव भएसम्म उनी घरमै बनाएको खानेकुराहरु खान रुचाउँछन् । तर, क्रिकेट खेल्ने क्रममा देश-विदेश यात्रा गरिरहनु पर्ने हुनाले अक्सर यो सम्भव हुँदैन । विदेश भ्रमणमा रहँदा उनी लेम्ब चप्स वा पिंक सेल्मन खाना खाने गर्छन् ।

जंक फुडबाट टाढा

विराटको फिटनेसको अर्को रहस्या हो जंक फुटबाट टाढा रहनु ।  उनी फास्टफुड र बाहिरको कुनै पनि अस्वस्थकर खानेकुरा रुचाउँदैनन् । उनी फ्राइड चिकेन नखान अरुलाई सल्लाह दिन्छन् । आफू पनि फ्राइड चिप्सको ठाउँमा ह्वाइट क्रेकर्स खान्छन् ।

मिनरल वाटर पिउने

मानिसको स्वास्थ्यका लागि पानी अत्यन्त महत्वपूर्ण हुन्छ । त्यो पनि सफा र सुद्द पानी । त्यसैले बिराट पनि खानाभन्दा बढि पिउने कुरामा सतर्क छन् र केवल मिनरल वाटर मात्र पिउँछन् । उनी प्रायजसो एभियन वाटर पिउँने गर्छन्, जुन फ्रान्समा उत्पादन हुन्छ ।

डाइट प्लान

विराट आफ्नो मात्र नभएर सिंगो टिमकै फिटनेसलाई लिएर सचेत छन् । सेप्टेम्बरमा न्यूजिल्याण्डसँग भएको सिरिजभन्दा अगाडि सिंगो टिमले विराटको डाइट चार्ट पछ्याउँदै बीसीसीआईबाट भुटेको चिकेन, एक पनीर डिस र एक ब्लेन्डर उपलब्ध गराउन भनेको थियो र बीसीसीआईले मान्यो पनि ।

विराट तेल बढि भएका अस्वस्थ खानाबाट टाढै रहन्छन् । उनी ड्राई फ्रुट्स, नट्स र ब्ल्याक कफि पिउन मन पराउँछन् ।

व्यायाम

विराट खानपिनका साथै व्यायाममा पनि उत्तिकै ध्यान दिन्छन् । आफ्नो मसल्स बढाउनका लागि उनी घन्टौंसम्म जिममा वर्कआउट गर्छन् । उनी समय मिल्दा हप्तामा कमसे कम ४-५ दिन नियमितरुपमा जिममा पसीना बगाउँछन् । एक्सरसाइजले तपाईंको मांशपेशी मात्र बलियो बनाउँदैन, भोक पनि जगाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment