Comments Add Comment

यो ट्वाइलेटमा के छ यस्तो ? १ करोड ३६ लाखको बोली

हिन्दी फिल्ममा एउटा गीतको लाइन छ, ‘गन्दा है, पर धन्दा है ।’ साँच्ची त्यो गन्हाउने धन्दामा कति फाइदा रहेछ भन्ने कुरा चाहिँ एउटा ट्वाइलेटको टेन्डरले खुलासा गरेको छ ।

भारतको मुम्बइस्थित छत्रपति शिवाजी महाराज टर्मिनल परिसरमा रहेको शौचालय सञ्चालनका लागि ८५ लाख भारुको टेन्डर परेको छ ।

सामान्यतया भारतमा एउटा रेल स्टेशनमा रहेका ट्वाइलेट सफा गर्नका लागि सफाइ कम्पनीहरुले अधिकतम ६–८ लाख भारुमा ठेक्का लिन्छन् । तर मुम्बइको उक्त रेल स्टेशनको ट्वाइलेट भने उल्टै ८५ लाख भारुमा ठेक्का लिइएको छ ।

वास्तवमा उक्त ट्वाइलेटलाई पहिलोपटक रिनोभेट, अपरेट, मेन्टेन एण्ड ट्रान्सफर अर्थात् आरओएमटी योजनाको रुपमा ठेक्कामा दिन लागिएको छ । यसो गर्दा ठेकेदारहरु शौचालयको सफाइमा बढि गम्भीर हुने ठम्याई सरकारी निकायको छ ।

अहिलेसम्म यो ट्वाइलेटमा ३ महिनामा ८ लाखका दरले ठेक्कामा दिने गरिएको छ । फेब्रुअरी देखि चाहिँ यसलाई ८५ लाखमा १० वर्षे ठेक्का दिइनेछ ।

साँच्ची रेल स्टेशनको गन्धको व्यापार अचाक्ली नै छ । मुम्बइको उक्त रेल स्टेशनमा दिनहुँ साढे २ लाख मानिस आवतजावत गर्छन् । प्रतिदिन ६५ देखि ७० हजार सम्मले ट्वाइलेट प्रयोग गर्दछन् । पिसावका लागि १ भारु, दिसाका लागि ५ भारु तथा नुहाउन १५ भारु लिँदा १० वर्षमा ठेकेदार कम्पनीले कति कमाउला ? आफै हिसाब गर्नुस् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment