Comments Add Comment

बालबालिकालाई किन पेट दुख्छ ?

काठमाडौं । बालबालिकाको पेटमा प्रायः समस्या भइरहन्छ । उनीहरु कहिले ‘पेट दुख्यो’ भन्छन् त कहिले ‘पेट ढुस्स भयो’ भन्छन् । कहिले पातलो दिसा त कहिले चुर्ना परेर हैरान । बालबालिकाले ‘पेट दुख्यो’ भन्नु सामान्य हो । कहिलेकाही यस्तो समस्या विभिन्न रोगको संकेत हुनसक्छ । खराब तथा गलत खानपानका कारण पनि बालबालिकालाई पेटको समस्या हुने गर्छ । आखिर बालबालिकामा पेटको समस्या किन हुन्छ ? यहाँ केही कारण दिइएको छ ।

आन्द्राको समस्या

बालबालिकामा आन्द्रा सम्बन्धि समस्या भएमा पेट दुख्ने गर्छ । त्यस्तै, ‘इरिटेबल बाउल सिन्ड्रोम’ भएमा उनीहरुमा कब्जियतको समस्या हुन्छ, जसले गर्दा पेटमा पिडा हुने गर्छ ।

संक्रमण

विभिन्न खाले बैक्टेरियाको संक्रमणका कारण पनि बालबालिकाको पेट दुख्छ । मृगौला तथा पित्त थैलीमा हुने संक्रमण हुनासाथ पेट दुख्ने गर्छ । त्यस्तै, कान वा छातीको समस्याले पनि पेट दुःख्न सक्छ ।

पाचन सम्बन्धि समस्या

घाँडी हेरेर हाड निल्नु भने झैं पेट हेरेर भोजन निल्नुपर्ने हुन्छ । तर, कहिलेकाँही कोचीकोची खाने बानीका कारण बालबालिकालाई अपच हुन्छ र पेट दुख्ने गर्छ । कुनै खानेकुरा बालबालिकाका लागि उपयुक्त हुँदैन, त्यसले पनि पेट दुख्ने र एलर्जी हुने गर्छ । खानाको एलर्जीको प्रमुख लक्षण पेटको दुखाई पनि हो ।

अन्य स्वास्थ्य समस्या

कहिलेकाही पेट सम्बन्धि अन्य समस्यामा पनि पेटको दुखाईको कारण हुनसक्छ । मांसपेशीको दुखाई, तनाव तथा माइग्रेनका कारण पनि पेट दुख्ने गर्छ ।

महिनावारी सम्बन्धि दुखाई

कयौ बालबालिकालाई महिनावारी हुनु पूर्व पेटको समस्या हुने गर्छ । जसका कारण स्वभाविक रुपमा पेट दुख्ने गर्छ ।

फुड पोइजनिङ्ग

बालबालिका खाना भनेपछि हुरुक्कै हुन्छन् । अझ नयाँ खाले खानेकुरा देख्नासाथ उनीहरु त्यस्ता खानेकुरा खाइहाल्छन् । जे पायो त्यही खानेकुरा खाँदा फुड पोइजनिङ्गको समस्या निम्तने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment