+
+
Shares

ओलीसँग सरकार गठनबारे छलफल नै भएनः उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १० गते १४:०६

१० पुस, काठमाडौं । संघीय समाजवादी फोरमले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नै नभएको स्पष्ट पारेको छ ।

फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । तर, सरकार निर्माण प्राथमिकता नपाएको उनले बताए । उनले भने, हामी सरकारमा जाने र हामी र एमाले मिलेर सरकार बनाउन कुरै भएको छैन ।’

ओलीसँग मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको भन्दै उहाँले आफूहरुको माग अनुसार संविधान संशोधन नभई सरकारमा जाने अवस्था नरहेको बताए ।

फोरम अध्यक्ष यादवले तीन ठूला दलकै कारण निर्वाचनपछि पनि मुलुकमा संवैधानिक जटिलता देखिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?