+
+
Shares

नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव

‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन,’ यादवले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १४:२९
फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउने परम्परा रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यो परम्पराको निरन्तरतामाथि प्रश्न गरे । उनले अगाडि भने, ‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन ।’

नीति तथा कार्यक्रम ल्याउने र त्यसमाथि टिका टिप्पणी गर्नुको मात्रै अर्थ नरहेको उनले बताए । नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेटेर बजेट आउने विषय पत्याउन नसकिने उनले बताए । अब दिइएका सुझाव बजेटमा नसेमेटिने उनले बताए ।

नीति तथा कार्यक्रम समाजवाद उन्मुख नरहेको उनले बताए । नवउदारवादलाई समेत उछिन्ने गरी निजीकरणका विषय आएको उनले बताए ।

बन्द भएका उद्योगलाई चलाउने नीति नरहेको पनि उनले बताए ।

कृषि प्रणाली परम्परागत रूपमा नै रहेको उनले बताए । यसलाई आधुनिकीकरण गर्ने विषय नीति तथा कार्यक्रममा आउन नसकेको बताए ।

स्वास्थ्य बीमा नेपालमा असफल भइसकेको दाबी गर्दै उनले यसबारे नीति तथा कार्यक्रममा आउन नसकेको बताए ।

नीति तथा कार्यक्रमले प्रदेश सरकारको, स्थानीय तह र वडा तहको समेत काम संघले नै गर्ने गरी आएको भन्दै उनले संघीयता विरोधी नीति तथा कार्यक्रम आएको भनेर आलोचना गरे ।

सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा कसरी जाने भन्ने कुनै नीति आउन नसकेको उनको टिप्पणी छ ।

नीति तथा कार्यक्रमको औचित्य नरहेको दोहोर्‍याउँदै उनले भने, ‘अर्को वर्षदेखि नल्याए पनि हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?