Comments Add Comment

खप्तड गोल्डकपको तयारी शुरु

१० पुस, कैलाली । दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु भएको छ । सुदूरपश्चिम-११ स्पोर्टस् क्लबले पुस २१ देखि माघ १ गतेसम्म सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ ।

प्रतियोगिताका लागि विभिन्न छुट्टाछुट्टै टिम बनाएर तयारी सुरु गरेको सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

गतवर्ष प्रतियोगिताको क्रममा क्षेत्रीय रङ्गशालामा उपलब्ध दुई वटा प्याराफिटमा दर्शक नअटिएकाले एक हजार पाँच सय दर्शक क्षमताको अर्को अस्थाई प्याराफिट निर्माणका लागि सम्झौता भइसकेको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

करिब एक करोड १० लाख रुपैयाँ खर्चेर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार सहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेता क्लबले नगद पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले मोटरसाइकल र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने हरेक खेलका म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ए डिभिजन खेल्ने १२ वटा टिमहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जनाइएको छ । नेपालको मनाङ मस्र्याङ्दी, सङ्कटा, त्रिभुवन आर्मी क्लब, एपीएफ, सहारा क्लब पोखरा,रुपन्देही-११, सुदूरपश्चिम-११, झापा-११, धरान फुटबल क्लब, डुक स्टार फुटबल क्लब थिम्पु भुटान र च्यासल युथ क्लब ललितपुरको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment