+
+

टुथपेस्ट खरिद गर्नुअघि ध्यान दिनुपर्छ यी कुरा

फ्लोरेडयुक्त टुथपेस्ट उपयुक्त

डा. प्रकाश बुढाथोकी डा. प्रकाश बुढाथोकी
२०७४ पुष ११ गते १०:३८

दाँत सफा गर्नका लागि बजारमा थरीथरीका टुथपेस्ट पाइन्छ । यसका लागि घरेलु विधी पनि अपनाउन सकिन्छ । यद्यपी बजारमा सहजै उपलब्ध हुने भएकाले टुथपेष्ट खरिद गर्न एवं प्रयोग गर्न सजिलो छ ।

बजारमा टुथपेष्टको रंग, रुप, आकार भिन्न भिन्नै देखिन्छ । अनेकौ ब्रान्ड छन् । तर, त्यसमध्ये कुन राम्रो वा कुन उत्कृष्ट ?

यसको जानकारी लिन विज्ञापनमा मात्र निर्भर भएर हुँदैन । विज्ञापनमा त सबैले आफुलाई राम्रो देखाउने प्रयास गरेको हुन्छ । त्यसैले विज्ञापनको आधारमा नभई यसको रहने गुणको आधारमा हामीले टुथपेस्ट छनौट गर्नुपर्छ । तर, टुथपेस्ट किन ?

टुथपेस्ट कति आवश्यक ?

दाँत सफा गर्नकै लागि टुथपेस्टको जरुरत पर्दैन । मञ्जन विना पनि ब्रसको सहायताले दाँतको राम्ररी सफाई गर्न सकिन्छ । तर टुथपेस्टको प्रयोगले सफाई थप प्रभावकारी हुन्छ ।

यदी ब्रस राम्रो छ र सफा गर्ने तरीका थाहा छ भने विना टुथपेस्ट पनि दाँत सफा गर्न सकिन्छ । जहाँसम्म टुथपेस्टको कुरा छ, कुन टुथपेस्ट प्रयोग गर्ने भन्ने कुरा प्रमुख हो ।

सामान्यतया, यस्ता टुथपेस्ट बजारमा विभिन्न आकार र प्रकारमा पाइन्छन् । यी पेस्ट, जेल तथा पाउडरमा पनि उपलब्ध छन् ।

पाउडर

पाउडर पाइने यस्ता मञ्जनमा धुलोका कण धेरै हुने गर्दछ । त्यस्ता कणलाई दाँतमा दलेको अवस्थामा दाँतमा भएको इनामेल खिएर जान्छ । इनामेलले दाँतलाई बचाउने हुदाँ सकेसम्म यस्ता पाउडर प्रयो नगरौं ।

पेस्ट

अहिले सर्वाधिक चल्ती भएको पेस्ट नै हो । पेस्ट दाँतको लागि राम्रो मानिन्छ । पछिल्लो समय बजारमा पाइने विभिन्न किसिमका पेस्ट मञ्जनमा फ्लोराइड नामक तत्व पाइन्छ । यस्ता तत्वले दाँत बलियो हुन्छ , जसले दाँतलाई बलियो बनाउनुका साथै दाँतमा किरा लाग्ने, खिइने समस्याबाट दाँतलाई सुरक्षा प्रदान गर्छ ।

जेल

जेल बेस्ड मञ्जन पनि यसैको एउटा प्रकार हो । जेल बस्ड मञ्जन खरीद गर्दा पनि फ्लोराईड भएको मञ्जन प्रयोग गर्नु उचित हुन्छ ।

यसरी गरौं ब्रस

सामान्यता हामीले कुनै पनि टुथपेस्ट प्रयोग गर्दा उक्त पेस्टलाई ब्रस भरी लिने गर्छौ । जुन गलत हो ।

पेस्ट प्रयोग गर्दा वयस्कको हकमा ठूलो केराउको दाना र सानो मानिसको हकमा सानो केराउको दाना जत्तिकै परिणाममा लिएर ब्रसको बीच भागमा राख्नु पर्दछ । अब उक्त पेस्टलाई बुढी औलाले थिचेर ब्रसको भित्री भागसम्म पठाउनु पर्दछ । ब्रसमा टुथपेस्ट हाल्दा कहिल्यै पनि देखिने गरी टुथपेस्ट ब्रसमा टास्नु हँदैन ।

ब्रसका माथिल्लो भागमा देखिने गरी मञ्जन टासेको अवस्थामा उक्त ब्रसलाई जहाँनेर पहिला प्रयोग गरियो, उक्त टुथपेस्ट सोही दाँतमा टासिरएर सकिने हुदाँ त्यसले खासै राम्रो नतिजा दिदैन । तर ब्रसको भित्री भागमा पेस्ट राखेको अवस्थामा भने यसले ४५ डिग्रीकेा कोणमा ब्रस गर्नुपर्छ । भित्र रहेको पेस्ट क्रमश बाहिर निस्किएर त्यसले सबै दाँतको सफाई गर्नुका साथै दाँतलाई सुरक्षा प्रदान गर्दछ ।

प्रत्येक पटक ब्रस गर्दा मुखको कुनै एउटा कोणबाट सुरु गरी अर्को भागसम्म पुर्‍याउनु पर्छ । यसरी एक कोणबाट ब्रस गर्न सुरु गर्दा कुनै दाँत पनि नछुट्ने गरी, कुनै सतह नछुट्ने गरी, ब्रस गर्दा सामान्यतया चार मिनेट समय लाग्ने गर्छ । प्रत्येक दिन विहान बेलुकी दातमा ४ मिने समय दिन सकेको अवस्थामा दाँत सफा गरेको तथा दाँतको सफाई भएको ठहरिने विज्ञहरु दावी गर्छन् ।

आयुवेर्दिक मञ्जन

बजारमा विभिन्न मञ्जन पाइने सँगै आयुर्वेदिक मञ्जन समेत पाइने गरिन्छ । तर त्यस्ता मञ्जनमा फ्लाइड छ कि छैन भनेर उल्लेख नहुने भएकोले चिकित्सकहरु यस्ता मञ्जन प्रयोग नगर्न नै सल्लाह दिने गर्दछन् ।

यस अर्थमा बाहिरबाट फ्लोरिडेटेड भनेर उल्लेख गरिएका मञ्जन नै खरीद गर्न उपर्युक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?