Comments Add Comment

रानीपोखरीमा पुरातत्वको स्वीकृति रहेनछ, रोक्नै पर्‍योः उपमेयर खड्गी (भिडियोसहित)


११ पुस, काठमाडौं । काठमाडाैं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले रानीपोखरी पुनर्निर्माणको अवलोकन गरेकी छन् ।

रानीपोखरीमा कंक्रिट प्रयोग भएको भन्दै सम्पदाविद्हरुले आलोचना भइरहेका बेला खड्गीले पुरातत्व विभागको स्विकृति विना नै काम भएको बताएकी हुन् ।

मंगलबार रानीपोखरी पुनर्निर्माणको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमेयर खड्गीले विज्ञहरुसँग छलफल गरेर मात्रै रानीपोखरी पुनर्निर्माणको काम अघि बढ्ने बताइन् । उनले भनिन्, ‘हिजो मात्र म एउटा कार्यक्रममा गएँ, त्यहाँ मैले बुझे कि पुरातत्वको स्वीकृति विना बनेको रहेछ ।’

रानीपोखरी पुनर्निर्माणबारे मेयर विद्यासुन्दर शाक्यले आफूसँग परामर्श समेत गर्न नचाहेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment