+
+

ओली प्रधानमन्त्री भए प्रचण्ड अध्यक्षःअग्नि सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १६ गते १६:२३

१६ पुस, काठमाडाैं । माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु पर्ने बताएका छन् ।

उनले दुई पार्टीबीचको एकता नेताहरुको सम्मान हुने ढंगले गर्नुपर्ने धारणा व्यक्त गर्दै यस्तो बताएका हुन् ।

भक्तपुरमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमाले-माओवादी पार्टी एकतामा ढिलाई गर्न नहुने बताए ।

यसैबीच नेता अग्नीप्रसाद सापकोटाले तत्काल राजीनामा दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् ।

नेता सापकोटाले निर्वाचनमा पराजय भएर पनि पदबाट राजीनामा नदिएर प्रधानमन्त्री देउवाले नयाँ सरकार गठन गर्न अवरोध गरिरहेको आरोप समेत लगाए ।

लोकतन्त्रको हिमायती ठान्ने नेपाली कांग्रेसले सरकार गठन प्रक्रियालाई अवरोध गर्न नसुहाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?