Comments Add Comment

जनवरी १ः टोपी दिवस बन्दैछ नेपालीको पर्व

१७ पुस,काठमाडौं । दश वर्षदेखि नागरिकस्तरबाट मनाउन थालिएको राष्ट्रिय टोपी दिवसमा यसपटकबाट नेपाल पर्यटन बोर्ड पनि सहभागी भएको छ ।

नेपाली पहिचान संसारमा चिनाउन टोपी दिवसलाई राज्यको तर्फबाट मान्यता दिन पर्यटन बोर्डको सहभागिता भएको आयोजकले बताएका छन् ।

दशौं राष्ट्रिय टोपी दिवसका अवसरमा काठमाडौं लगायत बिभिन्न शहरहरुमा टोपी प्रदर्शन गरिएको छ ।

जागरुक युवा अभियानले विहानै माइतिघर मण्डलाबाट नेपाली टोपीसहित र्‍याली निकालेका छ ।

काठमाडौंको बसन्तपुरमा टोपी दिवस समारोह समितिले गरेको कार्यक्रममा पर्यटन व्यवसायीहरु पनि सहभागी भएको आयोजक समितिका संयोजक जनार्दन अर्यालले बताए ।

त्यस्तै पोखरामा कपडा व्यवसायी संघले निःशुल्क रुपमा ढाका टोपी वितरण गरी दिवस मनाएको छ ।

स्वदेशी उत्पादनको प्रबर्द्धन र नेपाली पहिचानको सम्मानका लागि टोपी जनवरी १ कै दिन टोपी दिवस मनाउन थालिएको आयोजकले बताएका छन् ।

‘हामीले अरुका चाड पर्व र दिवसहरु मनायौं । तर आफ्नै मौलिकता भने बिर्सन थाल्यौं । त्यसैले अंग्रेजी नयाँ वर्षको दिनलाई टोपी दिवसका रुपमा नेपाली पहिचान स्थापित गर्न मनाउन थालिएको हो’ अर्यालले भने ।

‘नेपाली टोपी, नेपालीको शान, मान र पहिचान’ भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने गरिको हो ।

त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्ने उनीहरुले बताएका छन् ।

शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ । यद्यपी नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो ।

१ जनवरीका दिन आ-आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवसको फेसबुकमा र आफ्नो आफ्नो सामाजिक संजालमा शेयर गर्ने प्रचलन बढेको छ ।

भारतको दार्जेलिङ,आसाम,देहरादून लगायतका शहरमा पनि टोपी दिवस मनाउन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment